+
+
Shares

रत्ननगरमा ५५ लाखमा पर्यटकीय पार्क बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २० गते १७:२८

२० फागुन, चितवन । सरकारले चितवनको रत्ननगरमा पर्यटकीय पार्क निर्माण गर्ने भएको छ । केन्द्रीय सरकारको बजेटबाट ५५ लाखको लगानीमा रत्ननगर-५ झुवानीमा पार्क निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नेपाल सरकार अन्तर्गतको जनसम्पदा तथा वातावरण संरक्षण कोषले नमूना पर्यटकीय पार्क निर्माण गरेर स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकालाई हस्तान्तरण गर्ने छ ।

पार्कभित्र स्वीमिङ पुल, पानीको फोहोरा, पिकनिक स्पोर्ट, गैंडा, हात्ती र बुद्धको मूर्ति, थारु समुदायको परम्परागत घर निर्माण गरिने छ ।

पार्क निर्माणको काम आगामी जेठ १६ गतेबाट सुरु हुने र तीन वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य रहेको कोषका अध्यक्ष पुष्पराज पाण्डेले जानकारी दिए ।

पर्यटन विकासको लागि हरेक जिल्लामा पार्क निर्माण गर्ने सरकारी योजना अनुसार पर्यटकीय नगरी सौराहा नजिक पारेर झुवानीमा पार्क निर्माण गर्न लागिएको हो ।

पार्क निर्माणको रत्ननगर नगरपालिकाले स्वागत गर्दै आवश्यक सहयोग गर्ने बताएको छ । सोमबार रत्ननगर नगरपालिकाका मेयर नारायण वन, वडाध्यक्ष कृष्ण महतो, कोषका अध्यक्ष पुष्पराज पाण्डे, साविक बछौली गाविसका पूर्वअध्यक्ष फुलचन कुमार चौधरी, समन्वय कर्ता श्याम थपलिया, सन्ते चौधरी लगायतको टोलीले पार्क निर्माण स्थलको अबलोकन गरेको छ ।

मेयर नारायण वनले सरकारले पर्यटकीय पार्क निर्माण गर्न रत्ननगरलाई प्राथमिकता दिएको भन्दै यसले नगरको गौरभ बढने बताए । उनले पार्कलाई स्थानीय समुदायको आयआर्जनसँग जोडेर सञ्चालन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?