+
+
Shares

गुल्मीमा बेवारिसे शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २० गते १७:१८

२० फागुन, गुल्मी । गुल्मीमा एकजना पुरुषको बेवारिसे शव फेला परेको छ । रेसुङ्गा नगरपालिका वडानम्बर ३ बेहोरेस्थित जंगलमा पुरुषको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए ।

अनुहार नचिनिने अबस्था रहेको शवको अन्दाजी पैतिस/चालिस वर्षको पुरुषको भएको उनले बताए । शव पहिचाहनका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।

साथै, मातहतका प्रहरी यूनिटहरुलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपकुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?