Comments Add Comment

गरीब देशको दुखद कहानी : दैनिक १२ सय बलात्कार, दाइजोमा २० बाख्रा

विश्वमा एसिया तथा अफि्रका क्षेत्रमा केही देश निकै गरीब छन् । अझ अफि्रकाको सब सहारा क्षेत्रमा पर्ने केही देशहरु आर्थिक तथा सामाजिक दुबै रुपमा निकै पिछडिएका छन् । ती मुलुकको जिवनशैली तथा जनताले भोग्दै आएको पीडा सुन्दैमा आङ सिरिङ्ग हुन्छ ।
कंगो विश्वको सबैभन्दा गरीब देश हो ।

kan

यहाँका मानिसहरु चरम गरिबीबाट पीडित छन् । संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँका एक तिहाइ बच्चा कुपोषित छन् । केन्याको गरिबी, भोकमरी तथा अत्याचारका विषयमा रहेका तथ्यहरू निकै भयानक छन् ।
कंगोमा युद्ध तथा अन्य खाले हिंसामा परेर प्र्रत्येक दिन औषतमा ११५२ जना मानिसको ज्यान जाने गर्छ ।
कंगो विश्वमा महिलाको लागि सबैभन्दा असुरक्षित देश हो, जहाँ प्रत्येक दिन साढे ११ सय जना महिला बलात्कारको सिकार हुन्छन् ।

६ वर्षदेखि नै बालिकाहरु बलात्कारको सिकार हुने गरेका छन् । कंगोका १२ प्रतिशत महिला बलात्कारको सिकार भैसकेका छन् । त्यहाँ हरेक घण्टा ४८ जना महिला बलात्कारको सिकार हुन्छन् ।

बलात्कारमा पर्ने मध्ये २२ प्रतिशत महिलालाई उनीहरुकै अभिभावकले त्यस्तो काममा जबरजस्ती  लगाएका हुन्छन् । धेरै महिला देह व्यापार गर्न बाध्य छन् । सन् २००६ मा एकै वर्षमा त्यहाँ ४ लाख जना महिला बलात्कारको सिकार भएका थिए ।
बलात्कारमा परेकी युवतीको बिहे गर्दा बाउआमाले ठूलो मूल्य चुकाउनु पर्छ । बलात्कार पीडित छोरीको बिहे गर्दा केटी पक्षले केटा पक्षलाई २० वटा बाख्रा वा सो बराबरको रकम दाइजो दिनुपर्छ ।
कंगो सुनको तस्करीका लागि समेत चर्चित छ ।

एक महिनामै त्यहाँबाट विद्रोहीहरुमार्फत डेढ अर्ब रुपैयाँ सम्मको सुन तस्करी हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment