Comments Add Comment

चुनावी सुरक्षामा खटिएको सेनाको गाडी दुर्घटना

३ कात्तिक, धनकुटा । धनकुटाको भेडेटार नजिकै नेपाली सेनाको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । उनीहरु मध्ये १ जनाको अवस्था गम्भीर छ । नेपाली सेनाको पुर्वी पृतना इटहरीबाट धनकुटा आईरहेको नेपाली सेनाको मिनीट्रक धरान-धनकुटा सडकखण्ड अनर्तगत भेडेटार-३ मालबाासेमा आज दिउँसो ३ बजे दुर्घटना भएको हो ।

चुनावी सुरक्षाका लागि पूर्वी पृतना इटहरीबाट सेना लिएर २ नं. हिले बाहिनी आईरहेको नेपाली सेनाको लु१ग ९६ नं. को मिनी ट्रक ब्रेकक फेल भएपछि विपरित दिशाबाट आएको मोटरसाईकल जोगाउन खोज्दा दुर्घटना भएको हो । इटहरीस्थित सैनिक स्रोतका अनुसार अनियन्त्रित ट्रकलाई भिरमा खस्न नदिन चालकले भित्तामा ठोक्काएका थिए । त्यसक्रममा  ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुघर्टनामा गाडीमा सवार नेपाली सेनाका १७ जना मध्ये ९ जना घाइते भएको भेडेटार प्रहरी चौकी धनकुटाका इन्चार्ज सई भक्तबहादुर सुव्बाले बताउनुभयो । घाईतेमध्ये ट्रक चालक प्यूठ मनीराज अधिकारीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । उनको टाउकोमा चोट लागेको छ ।  ट्रकको ठक्करबाट धनकुटाबाट इटहरी जाादै गरेको को.४ प. ८८११ नम्बरको मोटरसाईकलका चालक रमेश शाही पनि घाईते भएका छन् ।

घाइते हुने अन्यमा नेपाली सेनाका बाहुका हेमबहादुर थापा, दिलबहादुर रानामगर, अमल्दार हेमबहादुर थापा, प्यूठ नरेन्द्र राई, हेमनारायण चौधरी, गर्नर खडानन्द भुसाल, सोमलाल थारु र दिपक ओली रहेका सई सुव्वाले बताउनुभयो । उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । दुर्घटनापछि अवरुद्ध बनेको कोशी राजमार्ग ट्रक हटाएपछि सुचारु भएको छ ।

चुनावी सुरक्षाका लागि तीन बटा ट्रकमा सेना धनकुटा गएको थियो । आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको सुरक्षाका लागि आइतबारबाट देशभर नेपाली सेना परिचालन भएको छ ।

सन्तोष रूचालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment