Comments Add Comment

प्रत्यक्षमा १३५ सिट जित्ने कांग्रेस नेताको दावी

३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी संविधानसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष तर्फबाट १३५ सिटसहित बहुमत ल्याउने दावी गर्नु भएको छ । पार्टीको स्थानीय कमिटिबाट आएको रिपोर्टको आधारमा कांग्रेसको १३५ स्थानमा जित निश्चित रहेको भन्दै उहाँले आन्तरिक विवाद मिलाएकोले पनि बाहिर आशंका गरिए जस्तो अवस्था नरहेको बताउनु भयो ।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा केसीले भन्नुभयो-‘कांग्रेस बहुमतसहित सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित छ । नेपाली जनताले कांग्रेसलाई हेरेर बसेका छन् ।’ मुलुकको जातीय भौगोलिक र जातीय विविधतालाई समावेसी गर्न संसदीय ब्यवस्था नै उपयूक्त भएको भन्दै उहाँले प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री रहने ब्यवस्थामा एक ब्यक्तिमा शक्ति केन्द्रीत हुने र कालान्तरमा निरकुंशता हावि हुँदै जाने आशंका ब्यक्त गर्नुभयो ।

लोकतन्त्रमा प्रत्येक ब्यक्तिको पहिचान महत्वपूर्ण हुने भन्दै उहाँले पाँच प अर्थात पहिचान, प्रतिनिधित्व, राज्यसञ्चलनमा पहुँच, प्रतिष्ठा र प्रगतिलाई आधारमा राज्यको पुनःसंरचना गर्ने खाँका कांग्रेसले घोषणापत्रमार्फत ल्याउने जानकारी दिनुभयो । कांग्रेसले सात प्रदेशको खाँका घोषणा पत्रमा प्रस्तुत गर्दैछ भने १३ प्रदेशको विकल्प पनि खुला राख्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment