Comments Add Comment

‘बौद्धिक सम्पत्तीको रक्षा गर्न सरकार सदैब तयार छ’

१६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक दृष्टिले स्रष्टाहरुको सम्मान हुने परम्पराको थालनीले उनीहरुको सिर्जनामा हौसला पुग्ने बताउनु भएको छ । संगीत रोयल्टी संकलन समाजले स्रष्टाहरुको रोयल्टी वितरण गर्न गरेको कार्यक्रममा मन्त्री कोइरालाले स्रष्टाहरुप्रति सरकार कति सम्बेदनशिल छ भन्ने यस्तै क्रियाकलापबाट पुष्टि हुने बताउनु भयो ।

साहित्यकार समेत रहेका मन्त्री कोइरालाले प्रविधिको प्रयोगबाट हुने अनाधिकृत प्रयोगबाट स्रष्टामाथि पर्ने अन्याय कम गर्न सवै चनाखो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, बौद्धिक सम्पतीको रक्षा गर्न तपाईंहरुसंग सहकार्य गर्न सरकार तत्पर छ ।

प्रतिलिपि अधिकार संरक्षण कार्यालयका प्रमुख विष्णु केसी, संगीतकार सुरेश अधिकारीले स्वदेश तथा विदेशमा अनाधिकृत रुपमा बढेको पाइरेसीका कारण अभिलेख राख्न कठिनाई भएको बताउनुभयो ।

सो अवसरमा मन्त्री कोइरालाल २९ गायक र ३२ जना संगीतकारलाई रोयल्टी प्रदान गर्नुभएको थियो ।

Partilipy-Rights

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment