Comments Add Comment

एसईई परीक्षा : नायिकादेखि सांसदसम्म (फोटो फिचर)

एसईईमा नायिकादेखि राजनीतिज्ञसम्म

१० चैत, काठमाडौं । माध्यमिक शिक्षा (एसईई) को परीक्षा आइतबारबाट सुरू भएको छ । परीक्षामा देशभरका ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भइरहेका छन् ।

एसईई परीक्षाको सहभागीहरूमा भने विविधता छ । शारीरिक रुपमा सबलदेखि दुर्वलसम्मकाले माथिल्लो शैक्षिक खुड्किलोमा टेक्न परीक्षाको सामना गरिरहेका छन् । शारीरिक असक्तताका कारण लेख्न नसक्नेहरूले सहयोगीको साहरामा परीक्षा दिइरहेका छन् ।

त्यस्तै विभिन्न उमेर समूहका व्यक्तिको पनि सहभागिता छ, यस वर्षको एसईईमा ।

यस वर्षको परीक्षामा केही सेलिब्रेटी पनि सहभागी छन् । राजनीतिज्ञदेखि कलाकारितामा छुट्टै पहिचान बनाएका व्यक्ति पनि सामेल भएकाले धेरैको चासो यस वर्षको परीक्षामा छ ।

कमलरी हुँदै मूलधारको राजनीतिमा छुट्टै छवी बनाउन सफल शान्ता चौधरी दाङबाट परीक्षामा सहभागी भएकी छन् । पारिवारिक तथा सामाजिक कारणले अध्ययनबाट वञ्चित चौधरी महेन्द्र मावि, तुलसीपुरमा सञ्चालित खुला विद्यालयको परीक्षार्थी हुन् । उनको सिम्बल नं. ०५८८४५३ भी रहेको छ ।

एसईई परीक्षामा सहभागी हुँदै नेकपा सचेतक शान्ता चौधरी । तस्वीरः शरद रेग्मी

संयोग कस्तो भने उनकै छोरी पनि यसै वर्ष परीक्षामा सामेल भइरहेकी छन् । तर, उनी भने काठमाडौंबाट परीक्षा दिइरहेकी छन् । उनको परीक्षा केन्द्र बाल सिर्जनालय बोर्डिङ स्कुल, बसुन्धरामा परेको छ ।

करिश्मा मानन्धर चर्चित नायिका हुन् । पछिल्लो समय उनको परिचयमा राजनीतिज्ञको पहिचान पनि थपिएको छ । उनै नायिका करिश्मालाई पनि एसईई पास गर्ने भोक जागेको छ ।

त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतिदेवीमा अध्ययन गरेकी उनी विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार केन्द्रबाट अहिले परीक्षा दिइरहेकी छन् ।

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।

अनलाइनखबरकर्मी चन्द्र आले  र शंकर गिरीले काठमाडौंका विभिन्न परीक्षा केन्द्र पुगेर त्यहाँ देखिएको दृश्य आफ्ना क्यामेरामा उतारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment