+
+
Shares

सेयर लगानीकर्तामाथि लाठीचार्ज, प्रहरीले खोल्यो ताला

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते १३:११

१० चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएर बसेका सेयर लगानीकर्तामाथि प्रहरीले बल प्रयोग गरेर ताला खुलाएको छ ।

सेयर बजार विकास र विस्तारको माग राख्दै बोर्डको मुख्य ढोकामा तालाबन्दी गरेर धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई प्रहरीले लाठी चार्ज गरेर तितरबितर पारेको छ ।

प्रहरीले लगानीकर्तालाई लखेटेपछि कार्यालयमा लगाएको तालासमेत खुलाएको छ ।

लगानीकर्ताले बिहान कार्यालय खुल्नुअघि कार्यालयमा ताला लगाएर धर्नामा बसेका थिए । लगानीकर्ताले ताला लगाएपछि बोर्डका एक जना कर्मचारी भित्र थुनिएका थिए भने बाँकी ३० भन्दा बढी कर्मचारी बाहिर रोकिएका थिए ।

लगानीकर्ताको आन्दोलनले बोर्डको काम कारबाही प्रभावित भए पछि प्रहरीको मद्दत लिएको बोर्डले बताएको छ ।

यो पनि पढ्नुहोस् : धितोपत्र बोर्डको ढोकामा लगानीकर्ता, कर्मचारीलाई प्रवेश निषेध !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?