Comments Add Comment

करिश्मा परीक्षाकेन्द्रमा झुक्किएपछि…

१० चैत, काठमाडौं । करिश्मा मानन्धर एसईईको परीक्षामा सहभागी हुनका लागि विहानै विजय स्मारक माध्यमिक विद्यालयमा पुगेकी थिइन् । परीक्षा आठ बजेबाट शुरु हुँदै थियो ।

उनी विद्यालयकै पोशाकमै ठाँटिएकी थिइन् । उनले हातमा उत्तरपुस्तिका अड्याउने कुट बोकेकी थिइन्, त्यसमा च्यापिएको थियो, प्रवेशपत्र ।

नेपाली चलचित्रको अभिनयमा अब्बल नम्बर लिएर पास भएकी करिश्मा एसईईको परीक्षामा सहभागी हुँदै थिइन् । त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीमा दुई वर्षअघि आठ कक्षा प्रवेश गरेकी करिश्मा नीलो कार चढेर परीक्षा केन्द्र पुगेकी थिइन् ।

एसईईको परीक्षाको कोठामा प्रवेश गर्न विद्यालयको परिचय पत्रको जरुरत पर्दैन । तर, उनले भने घाँटीमा त्यो पनि भिरेकी थिइन् । तर, करिश्माले भिरेको परिचय पत्र स्कुलको नभएर अर्कै थियो । करिश्माले भिरेको कार्डको माथि नै रातो ठूलो अक्षरमा लेखिएको थियो, ‘नेपाल सरकार चलचित्र विकास बोर्ड ।’ अर्थात् करिश्माले भिरेको त्यो कार्ड विद्यालयको नभएर ‘चलचित्रकर्मी परिचय पत्र’ थियो ।

निलो कार चढेर केन्द्र परिसर प्रवेश गरेपछि मात्र करिश्माले आफू झुक्कीएको थाहा पाइन् । त्यसपछि उनले अनलाइनखबरसँग भनिन्, ‘हतारमा झुक्किएर यस्तो कार्ड पो लाएछु ।’ त्यसपछि करिश्माले चलचित्रकर्मीको परिचयपत्र गलाबाट निकालेर परीक्षाहल प्रवेश गरिन् ।

यो पनि पढ्नुहोस फागु पर्व हापेकी करिश्मा यसरी गर्दैछिन् एसईईको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment