+
+
Shares

सिंहदरबारमा विप्लवको डर ! चेकिङमा कडाइ

कार्यालय आएका सरकारी कर्मचारीकै झोला खानतलासी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते २०:११

१० चैत, काठमाडौ । आइतबार सिंहदरबार प्रवेश गर्दा कडाइ गरिएको छ । सुरक्षा चुनौती रहेको भन्दै सिंहदरबार प्रदेशमा प्रहरीले कडाइ गरेको हो । अहिले सुरक्षा जाँचका कारण लामै लाइन छ ।

अन्य दिन परिचयपत्र वा पास देखाएर सिहदरबार प्रवेश दिइन्थ्यो । आइतबार भने  सरकारी कर्माचारीका झोलासमेत चेकजाँच गरिएको छ ।

प्रहरी स्रोतका अनुसार नेत्र विक्रम चन्द नेतृवको नेकपाका नेताहरु प्रक्राउ परिरहेको अवस्थामा सुरक्षा चुनौती बढेको भन्दै चेकिङमा कडाइ गरिएको हो।

प्रहरीले विप्लव समूहका शीर्ष नेता हेमन्तप्रकाश वलीलाई काभ्रेबाट गिरफ्तार गरेर राजधानी ल्याएको भोलिपल्ट सिंहदरबारमा कडा चेकजाँच थालिएको हो । यद्यपि गृहमन्त्रालयका उच्च अधिकारीहरु सिंहदरबारको गेटमा भएको खान तलासीको कारणबारे खुलेर केही पनि बताउन चाहँदैनन् ।

सिंहदरबारमा ड्युटी गर्न आएका सरकारी कर्मचारीकै झोला समेत खोल्न लगाएर चेकिङ गरिएका कारण दक्षिण गेटदेखि माइतीघरसम्मै लाइन देखिएको छ । सरकारकै कर्मचारीको झोला किन खान तलासी गर्नुपरेको होला भन्दै सुरक्षाकर्मीलाई प्रश्न गर्दा उनीहरुले माथिबाटै चेकजाँचमा कडाइ गर्न आदेश आएको जवाफ दिए ।

आफ्ना नेताको गिरफ्तारीको विरोधमा विप्लव समूहले सिंहदरबारमै घुसपैठ गरेर बिस्फोटनका घटना गराउन सक्ने डरकार कारण सुरक्षामा कडाइ गरिएको हुन सक्ने सूत्रहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?