Comments Add Comment

पारिश्रमिक नपाएर पीडित छन् कोरियामा नेपाली कामदार

मीन प्रकाश उप्रेती

 सउल । रोजगारीका लागि दक्षिण कोरिया आएका नेपाली कामदारहरू महिनाभरि काम गरेको पारिश्रमिक र उपदान नपाएर पीडित हुने गरेको तथ्य सार्वजनिक भएको छ । पीडितहरुको भनाई र प्रवासी मजदुर सहयोग केन्द्रले सार्वजनिक गरेको प्रतिबेदनले यस्तो तथ्यांक देखाएको हो । ‘सधैझै बिहान आफ्नो काममा गएको थिए, जाडोको समय थियो । कमप्रेसरको हावा खोल्न मालिकले पठाए, हावा खोल्न मात्र के लागेको थिए बम पड्किए जस्तो ठूलो आवाज आएको मात्र मलाई थाहा छ । त्यसपछि होसमा आउँदा हस्पिटलको बेडमा थिए म । दाईने हातका ‌‌‌‌औला गुमाई सकेको रहेछु , तेह्रथुमका २३ वर्षीय तुलसी बरालले आफ्नो वेदना सुनाउदै भने,विदेशमा हातका औला गुमाउँदा दुखी त भएकै थिए तर त्यो भन्दा बढी दुखी उचित क्षतिपूर्ति नपाउँदा भएको छु ।’tulasi-baral

 बरालले आफूलाई सहयोग गरिदिने निकाय नहुँदा आफूले पाउने क्षतिपूर्तिको अधिकारबाट बन्चित हुनु परेको बताए । कोरियामा रहेको नेपाली दूतावासमा सम्पर्क गर्दा समेत आफूले सहयोग नपाएको बरालले गुनासो पोखे । उता झापाका कमल खड्का आफूले काम गरेको पारिश्रमिक लिनलाई अदालतको निर्णय पर्खिएर बसेका छन् । खड्काले तीन महिनाको तलब र दुई वर्षको उपदान गरी ६० लाख वन (पाँच लाख ५० हजार रुपैयाँ) पाएका छैनन् । कम्पनी साहुले सबै रकम लिईसकेको भन्दै नक्कली कागजात देखाउँदै रकम नपाउने भनेपछि छनान विदेशी सहयोग केन्द्रको सहयोगमा कानुनी बाटो रोज्न बाध्य भएको खड्काले बताए ।

बराल र खड्का मात्र नभएर यसरी पीडित हुने नेपाली कामदारहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।प्रवासी मजदुर सहयोग केन्द्र फेन्थेक, सुवन र छननाले सार्वजनिक गरेको वार्षिक प्रतिबेदनमा जनाइए अनुसार नेपाली कामदारहरूको पारिश्रमिक र उपदान नपाउनेहरुको सङ्ख्यामा वृद्धि भएको उल्लेख छ । विगतमा कम्पनी परिवर्तन सम्बन्धि समस्याहरू आउने गरेका थिए भने हाल ती समस्यालाई उछिन्दै पारिश्रमिक र उपदान नपाउनेहरू बढी आउने गरेको सुवन प्रवासी मजदुर सहयोग केन्द्रका युगल थापाले अनलाइनखबरलाई जानकारी दिए । गत तीन महिनामा सुवन विदेशी केन्द्रबाट तीन दर्जन बढी पारिश्रमिक नपाएका नेपालीहरूको समस्या आएको र ती मध्ये दुई दर्जन मुद्धा फैसला भई तलब पाईसकेको तथा बाँकीको मुद्धा श्रमिक अदालतमा चलिरहेको थापाको भनाई थियो । यसैगरी फेन्थेक र छनान प्रवासी मजदुर सहयोग केन्द्रमा पनि यिनै प्रकृतिका समस्याहरू आउने गरेको सो क्षेत्रमा कार्यरत नेपाली प्रतिनिधिहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment