+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सुरुङमार्गमा पहिलो चरणको काम शुरु

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २४ गते ९:३६

२४ मंसिर, काठमाडौं । निजी क्षेत्रबाट निर्माण हुन लागेको बहुप्रतिक्षित परियोजना हेटौंडा-काठमाडौं सुरुङमार्गको निर्माण कार्य शुरु गरिएको छ । पहिलो चरणमा Surung Marga२४ करोड रुपैयाँ लगानीबाट निर्माण कार्य शुरु गरिएको नेपाल पूर्वाधार विकास कम्पनीले जनाएको छ ।
पहिलो चरणको निर्माण कार्य मेघा टेक इन्जिनियरिङ, हाई हिमालयन कन्स्ट्रक्सन, युनाइटेड विल्डर्स र स्वच्छन्द निर्माण सेवाले पाएको छ । सुरुङमार्ग निर्माण कार्य भीमफेदीबाट शुरु गरिएको छ । सुरुङमार्ग हेटौँडाको राप्तीपुलबाट सुरु भई लालझडी निस्कने र त्यहाँबाट अर्को सुरुङ मार्ग हुँदै भैँसे र पान्द्रङको बीचमा निस्कने छ । भीमफेदीबाट सुरु हुने अर्को सुरुङ हुँदै रानीखोला निस्कने र त्यहाँबाट काठमाडौँको बल्खु पुग्न पुनः अर्को एउटा सुरुङ निकालिने कम्पनीले जनाएको छ ।
स्वदेशी पुँजी, स्वदेशी प्रविधि र स्वदेशी श्रमशक्ती प्रयोग गरेर निर्माण गर्न लागिएको सुरुङमार्ग निजी क्षेत्रबाट बन्न लागेको मुलुककै सबैभन्दा ठूलो परियोजना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?