+
+

सुरुङमार्गमा पहिलो चरणको काम शुरु

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २४ गते ९:३६

२४ मंसिर, काठमाडौं । निजी क्षेत्रबाट निर्माण हुन लागेको बहुप्रतिक्षित परियोजना हेटौंडा-काठमाडौं सुरुङमार्गको निर्माण कार्य शुरु गरिएको छ । पहिलो चरणमा Surung Marga२४ करोड रुपैयाँ लगानीबाट निर्माण कार्य शुरु गरिएको नेपाल पूर्वाधार विकास कम्पनीले जनाएको छ ।
पहिलो चरणको निर्माण कार्य मेघा टेक इन्जिनियरिङ, हाई हिमालयन कन्स्ट्रक्सन, युनाइटेड विल्डर्स र स्वच्छन्द निर्माण सेवाले पाएको छ । सुरुङमार्ग निर्माण कार्य भीमफेदीबाट शुरु गरिएको छ । सुरुङमार्ग हेटौँडाको राप्तीपुलबाट सुरु भई लालझडी निस्कने र त्यहाँबाट अर्को सुरुङ मार्ग हुँदै भैँसे र पान्द्रङको बीचमा निस्कने छ । भीमफेदीबाट सुरु हुने अर्को सुरुङ हुँदै रानीखोला निस्कने र त्यहाँबाट काठमाडौँको बल्खु पुग्न पुनः अर्को एउटा सुरुङ निकालिने कम्पनीले जनाएको छ ।
स्वदेशी पुँजी, स्वदेशी प्रविधि र स्वदेशी श्रमशक्ती प्रयोग गरेर निर्माण गर्न लागिएको सुरुङमार्ग निजी क्षेत्रबाट बन्न लागेको मुलुककै सबैभन्दा ठूलो परियोजना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?