Comments Add Comment

ग्रान्डको शाखा वीरगञ्जमा पनि, अर्को वर्ष २० प्रतिशत लाभांस बाँड्ने लक्ष्य

२८ मंसिर, काठमाडौं । ग्रान्ड बैंक लिमिटेडले पर्साको वीरगञ्जमा शाखा विस्तार गरेको छ । शाखाको बैंकका अध्यक्ष स्वरुप गुरुङले एक कार्यक्रमबीच शुक्रबार उद्घाटन गर्नुभयो । यो सँगै बैंकका शाखा २२ पुगेका छन् ।

शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथै प्रतितपत्र, बैंक ड्राˆटलगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा प्रदान गरिने बताइएको छ । बैंकले वीरगञ्ज तथा आसपासका क्षेत्रमा पर्ने ५० भन्दा धेरै संख्यामा रहेका ठूला, मझौला तथा साना उद्योगहरु र थोक तथा खुद्रा व्यवसायहरुलाई वित्तीय सेवा पुर्‍याउने लक्ष्य राखेको छ । देशको कूल आयतको ८० प्रतिशत भन्दा बढि आयात वीरगंज नाकामार्फत हुनेहुँदा देशको व्यापार तथा वाणिज्यको क्षेत्रमा नयाँ शाखाले योगदान गर्ने अपेक्षा बैंकले लिएको छ ।

Grand-bank

बैंकले आˆना सबै शाखाहरुबाट साना तथा मझौला कर्जा प्रवाह गर्दै आएको छ । स्थापनाको १२ वर्ष पूरा गरेको यस बैंकले पूर्वाधार विकास, वित्तीय व्यवस्थापन लगायत सबै क्षेत्रमा आˆनो आधार राम्रो बनाउंदै लगिरहेको छ । कमलादीस्थित बैंकको कर्पोरेट भवन निर्माण कार्य लगभग पूरा भइसकेकोले केही महिनाभित्र बैंकको मुख्य शाखा उक्त कर्पोरेट भवनमा सार्ने जानकारी दिइएको छ । बैंकले यही पुस महिनाभित्र आˆनो २३औं शाखा पूर्वाञ्चलको विराटनगरमा खोल्ने जनाएको छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र जगेडा कोषमा करिव ४१ करोड रुपैयाँ रहेको छ । बैंकले हालसम्म करिव १९ अर्ब १५ करोड रपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले घरजग्गा शिर्षक अन्तर्गत रियलस्टेटमा ६ दशमलव ६९ प्रतिशत कर्जा लगानी गरेको छ भने आवास कर्जा तथा व्यापारिक भवनहरुमा ११ दशमलव २९ प्रतिशत मात्र कर्जा लगानी रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १४ करोड ३९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । यस अवधिमा बैंकको पूंजी पर्याप्तता १३ दशमलव ०६ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७१ दशमलव ७२ प्रतिशत रहेको छ । बैंकले चालु आर्थिक वर्षमा ७५ करोड भन्दा बढि सञ्चालन मुनाफा आर्जन गर्ने र शेयरधनीहरुलाई २० प्रतिशत लाभांश प्रदान गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment