
१० चैत, काठमाडाैं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग निको पार्न छुट्टै आधुनिक क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् ।
क्षयरोग लाग्न नदिन आवश्यक जनचेतना फैलाउन प्रदेश र स्थानीय तहमा आवश्यक स्वास्थ्य संस्थाहरुको स्थापना गर्ने उनले बताए । विश्व क्षयरोग दिवसको अवसर पारेर आइतबार राष्ट्रिय क्षयरोग केन्द्रले भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री यादवले पिछडिएका जनतामा जनचेतना अभिवृद्धि गरेर मात्रै क्षयरोगबाट हुने मानवीय क्षतिलाई न्यूनिकरण गर्न सकिने बताए ।
उनले क्षयरोग बेलैमा उपचार गरे निको हुने रोग भएकाले यसको समयमै उपचार गर्न पनि सर्वसाधारणलाई अपील गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4