Comments Add Comment

कट्रिना कैफदेखि शाहरुख खानसम्म, जसले गिनिज बुकमा नाम लेखाए

मनोरञ्जन उद्योगमा बलिउडको खास स्थान छ । बलिउडकै टेकोमा उभिएका कलाकारले विश्व समुदायमाझ आफ्नो गर्विलो चिनारी पेश गरिरहेका छन् । उनीहरुको चमकदमक दुनियाका लागि इष्र्यालाग्दो हुनेगर्छ ।

बलिउडकर्मीको शानदार जीवनशैली होस् वा फेसन स्टाइल, अनुकरणिय हुन्छ । उनीहरुको कमाई सुन्दा आश्चर्यले जिब्रो टोकिन्छ । त्यसो त त्यो चम्किलो दुनियामा टिकाइराख्नका लागि उनीहरुले कम्ता मेहनत, संघर्ष गरेका हुँदैनन् । खानपानदेखि जीवनशैलीसम्म विशेष सतर्कता अपनाएर उनीहरु ग्ल्यामर दुनियामा आफ्नो जवानी टिकाइरहन्छन्, बिकाइरहन्छन् ।

यी बलिउडकर्मीले विभिन्न विधामा फरक रेकर्ड पनि बनाएका छन्, चाहे कमाईको सन्दर्भमा होस् वा कुनै गीतको कुरामा । साथै उनीहरुले केही यस्ता रेकर्ड बनाएका छन्, जसबाट विश्वमा फरक चिनारी पाएका छन् ।

‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’मा समेत यी बलिउडकर्मीको रेकर्ड छ । यस सूचीमा अमिताभ बच्चन, कट्रिना कैफ, शाहरुख खान, सोनाक्षी सिन्हा जस्ता स्टार्स सामेल छन् ।

शाहरुख खान

बलिउड बादशाह आफ्नो स्टारडमको लागि चिनिन्छ । उनको फ्यान फलोइङ लोभलाग्दो छ । उनी सन् २०१३ मा सर्वाधिक कमाई गर्ने अभिनेताको सूचीमा परे । उनले उक्त बर्ष २२० दशमलव ५ करोड भारु कमाई गरेका थिए । यही कारण उनको नाम गिनिज बुक वल्ड रेकर्डमा सामेल गरिए ।

सोनाक्षी सिन्हा

सोनाक्षी सिन्हाले सन् २०१६ मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ज गराएका थिए । उनले एक कस्मेटिक इभेन्टमा भाग लिएकी थिइन् । त्यहाँ एकसाथ सर्वाधिक युवतीले आफ्नो नङ रङ्याउने प्रतियोगिता आयोजना गरिएको थियो । एकसाथ थुप्रै युवतीले नङ रङ्याएर नयाँ रेकर्ड बनएको यो इभेन्टमा सोनाक्षी पनि सामेल थिइन् । यसर्थ सोनाक्षी त्यसको हिस्सा भएकाले उनी पनि यस उपाधीको हकदार बनिन् ।

अभिषेक बच्चन

अभिषेक बच्चनले पनि सन् २००९ मा विश्व रेकर्ड आफ्नो नाममा दर्ता गराए । त्यसबेला आफ्नो फिल्म दिल्ली-६ को प्रमोशनका क्रममा उनको रेकर्ड बनेको हो । त्यसबेला उनले केवल १२ घण्टामा ७ शहरको फन्को लगाएका थिए । उनले आफ्नो प्राइभेट जेटमा गजियाबाद, नोएडा, फरीदाबाद, दिल्ली, गुडगाउँ, चन्डीगढ र मुम्बई जस्ता शहरमा फन्को लगाएर १८०० किलोमिटर दुरी तय गरेका थिए ।

कट्रिना कैफ

शाहरुख खानले जस्तै सन् २०१३ मा कट्रिना कैफले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराइन् । उनले सो बर्ष सर्वाधिक कमाई गर्ने अभिनेत्रीको रुपमा यो रेकर्ड बनाएकी हुन् । उक्त बर्ष कट्रिनाले ६३ दशमलव ७५ करोड भारु कमाई गरेकी थिइन् ।

अशोक कुमार

अभिनेता अशोक कुमारको नाम पनि गिनिज बुक अफ वल्र्ड रेकर्डमा सामेल छ । उनले मूख्य पात्रको रुपमा सर्वाधिक फिल्म खेलेका छन् । उनले अनगिन्ती फिल्ममा केन्दि्रय भूमिका निर्वाह गरेका थिए ।

आशा भोश्ले

पाश्र्व गायिकाका रुपमा सबैभन्दा धेरै गीत रेकर्ड गराएकी छिन्, आशा भोश्लेले । उनले आफ्नो करियरमा ११ हजार भन्दा बढी गीत गाएकी छिन् ।

ब्रम्हान्द

दक्षिण भारतिय फिल्ममा देखिने हास्य अभिनेता ब्रम्हान्दको नाममा पनि गिनिज बुक वल्र्ड रेकर्ड छ । उनले सन् १९८७ देखि २०१० सम्म सर्वाधिक अर्थात ८ सय ५७ फिल्ममा काम गरेका छन् । यत्तिका धेरै फिल्म गरेको कारण उनको नाम वल्र्ड रेकर्डमा छ ।

कपूर खानदान

पृथ्वीराज कपूर, राज कपूरदेखि लिएर रणवीर कपूरसम्म यस परिवारमा अहिलेसम्म २५ जना सदस्यले बलिउडमा हिस्सा लिइसकेका छन् । यस परिवारको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज गरिएको छ ।

कुमार सानु

बलिउडका चल्तापूर्जा गायक कुमार सानुले एक दिनमा २८ वटा गीत गाएका थिए । यही कारण उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा सामेल छ ।

अमिताभ बच्चन

फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को सुटिङ जब जोधपुरमा चलिरहेको थियो, तब महानायक अमिताभ बच्चन बिरामी थिए । यसका बाबजुद पनि उनले आफ्नो कामलाई महत्व दिए र ‘ठग्स अफ हिन्दुस्तान’को आफ्नो शेड्युल पुरा गरे । तर, जब उनीको स्वास्थ्य थप खराब हुँदै गयो तब चिकित्सकलाई बोलाइयो र उनलाई मुम्बई फर्काइयो । कामप्रति यति धेरै समर्पित अमिताभले वल्र्ड रेकर्ड चाहि हनुमान चालिसा वाचन गरेर बनाएका हुन् । एकसाथ धेरैजना गायकसँग हनुमान चालिसा बाचन गरेर बनाएको वल्र्ड रेकर्डमा अमिताभको पनि नाम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment