Comments Add Comment

लोकतन्त्र बलियो बनाउने बाबुरामका ६ प्रस्ताव

५ पुस, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई बलियो बनाउन एउटै ब्यक्तिलाई दुई कार्यकालभन्दा बढि अध्यक्ष बनाउन नहुने प्रस्ताव गर्नुभएको छ ।

baburam-bhattaraiसामाजिक संजाल फेसबुकमा शुक्रबार उहाँले लोकतन्त्र बलियो बनाउने ६ प्रस्ताव अघि सार्नुभएको छ । संबिधानसभाबाट नयाँ संबिधान बनाउने क्रममा लोकतन्त्रको नयाँ मोडल बिकाश गर्न जरुरी रहेको भन्दै उहाँले त्यसका लागि पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

एउटै ब्यक्ति दुई कार्यकालभन्दा बढि अध्यक्ष बन्न नपाउने, मुलुकको कार्यकारी पदमा पनि दुई कार्यकालभन्दा बढि बस्न नपाउने, निर्वाचन खर्च राज्यले बेहोर्नुपर्ने, मतदाताले जनप्रतिनिधिलाई फिर्ता बोलाउन पाउनुपर्ने लगायतका प्रस्ताव गर्नुभएको छ ।

उहाँको फेसबुक स्टाटस यस्तो छ–

एक्काइसौं शताब्दीमा संबिधानसभाबाट नयाँ संबिधान बनाउने क्रममा लोकतन्त्रको नयाँ मोडेल विकास गर्न निम्न कुराहरुमा विशेष ध्यान दिने हो कि:

 १. पार्टीहरु नै लोकतन्त्रका खम्बा भएकाले आन्तरिक पार्टी लोकतन्त्र बलियो पार्न पार्टीका विभिन्न स्तरका कमिटीहरु माथिबाट मनोनित गर्नुको सट्टा तलैदेखि निर्वाचित गर्ने । पार्टीको नेत्रित्वमा एउटै ब्यक्ति दुइ कार्यकाल भन्दा बढ़ी बस्न नपाउने ।

 २. खर्चिलो चुनाव रोक्न निश्चित मापदण्डका आधारमा राज्यले चुनावी खर्च ब्यहोर्ने ।

 ३. सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणाली अपनाउने । अर्थात् जुनजुन वर्ग र समुदाय हो तिनीहरूकै बीचमा प्रतिस्पर्धा गराउने ।

 ४. जनप्रतिनिधिलाई मतदाताप्रति जबाबदेही बनाउन प्रत्याह्वान ( right to recall ) को व्यवस्था गर्ने ।

 ५. सत्ताको जिम्मेवारी सम्हाल्नेहरूलाई जनसमुदायको निगरानी र नियन्त्रणमा राख्न तथा सत्ताले जन्माउने भ्रष्टाचार र अनियमितता रोक्न विभिन्न तहमा शक्तिशाली लोकपाल ( ombudsman ) को व्यवस्था गर्ने ।

 ६. राज्यको उच्च कार्यकारी पदमा कोही पनि दुइ कार्यकाल भन्दा बढ़ी रहन नपाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment