Comments Add Comment

यी सम्भावित खतराबाट कसरी बचाउने तपाईको मोबाइललाई ?

राति सुत्नुअघि गुगल कीपमा भोलिको डे प्लान, ई-वालेटबाट मोबाइल रिचार्ज, यू-ट्यूबमा नयाँ फिल्मको टेलर हेर्नु, साथीहरुलाई व्हाट्स एप म्यासेजको जवाफ दिँदैमा फेसबुकमा प्रतिक्रिया जनाउँदैमा एक स्मार्टफोन युजरको दिन निकै व्यस्तसँग वित्छ । तर, जसरी तपाईको स्मार्टफोनसँग निर्भरता बढ्दोछ, त्यति नै खतरा पनि छ ।

फेसबुकको पासवर्डदेखि ग्यालरीमा रहेको पारिवारिक तस्वीर र भिडियो, बैंकिङ जानकारी, फोनबुकको नम्बरसहितका संवेदनशील जानकारी फोनमा सुरक्षित राख्न आवश्यक उपाय अपनाउन जरुरी छ । स्मार्टफोन जसरी हाम्रो जीवनको एक हिस्सा बन्दैछ, त्यसरी नै यसको सुरक्षा पनि जरुरी छ ।

राम्रो एन्टीभाइरस प्याकले भाइसर र डाटा चोरीबाट बचाउन सक्छ । तर, यदि फोननै चोरी भयो वा हरायो भने फोन हराउनुभन्दा फोनमा स्टोर गरिएका जानकारीहरु गलत मानिसको हातमा पर्ने चिन्ता बढी हुन्छ ।

यस्तै समस्या समाधानका लागि गुगलले इन्ड्रोएड फोनका लागि एक सर्विस एन्ड्रोएड डिभाइस म्यानेजर लन्च गरेको छ । जसको माध्यमबाट हराएको फोन पत्ता लगाउने मात्र होइन, खरावभन्दा खराव अवस्थामा पनि फोनमा रहेका गोप्य जानकारीहरु डिलिट गर्न सकिन्छ ।

घरमा फोन राखेर बिर्सिने भुलक्कडहरुका लागि यसमा एक खास फिचर छ । त्यसका लागि कम्प्युटरसम्म गएर गुगलमा लग इन गरेर रिङ बटम थिप्नु पर्छ । त्यतिकैमा फोनको घन्टी बज्छ । यो फिचर आइफोनमा यसअघि नै उपलब्ध छ, जुन अब एन्ड्रोएडमा पनि आएको छ ।

केही एन्टीभाइसर एप जस्तो कि मेकअप, क्विक हीलले पनि फोन फाउन्डर र रिमोट डाटा इरेजर जस्तो सुविधा दिन्छन । तर, यस्तो फिचर भएका अधिकांश एप निशुल्क पाइदैन, पैसा तिरेर किन्नुपर्छ ।

फोन वारियर

यो एप फोन वारियरले तपाईलाई कल वा म्यासेज जुन नम्बरबाट आएको छ, त्यो ३० करोड नम्बरको डाटाबेसमा म्याच गर्छ र त्यसको बारेमा जे जानकारी छ, त्यसलाई तपाईको फोनको स्क्रीनमा देखाउँछ । यसले तपाईले कल गर्ने नाम थाहा हुनुका साथै कुनै व्यक्तिको कल रिसिभ गर्न नचाहने हो भने पनि ब्लक बटम थिचेपछि एपले काम गर्छ ।

phone-warrior

यस्तै विभिन्न स्थानमा र्फम भर्दा कहिले काँही नबुझेर नै सूचना पाउने अप्सनमा टिक गछौं । यस्तोमा डीएनडी अर्थात डू नट डिस्टर्ब स्थितिमा पनि कुनै मार्केटिङ कल आउनसक्छ । यस्तो कलबाट बच्न फोन वारियरमा एक स्पाम फिल्डर अप्सन छ, जसले आफ्नो रिसर्चको आधारमा केही कल आउनासाथ बताउँछ कि यो स्पाम कल हो कि साधारण हो भन्नेबारे ।

ट्रयु कलर

true-caller

यो एप ट्रयु कलर लामो समयदेखि बजारमा छ । जसले पछिल्लो केही सातामा केही नयाँ प्रयोग पनि गरेको छ । ट्रयु कलरले आफ्ना सम्पूर्ण यूजरको फोनबुकबाट लिएको जानकारीका आधारमा बताउनसक्छ कि अपरिचत नम्बरबाट आएको कल कसको हो भनेर । यो एपमा मानिसहरुले आफ्नो प्रोफाइल पनि बनाउन सक्छन्, जसमा तस्वीर पनि राख्न सकिनेछ ।

ट्रयु कलर फोनमा इस्टल हुनासाथ फेसबुक लिंक्ड-इन र ट्वीटर जस्ता सामाजिक संजाल टुल्समा पनि जोडिनेछ । यस्तोमा तपाईलाई फोन गर्नेको नम्बर मोवाइलमा छैन तर, फेसबुक वा ट्वीटरमा जोडिएको छ भने उसको नाम र तस्वीर फोनको स्क्रीनमा आउँछ ।

मिस्टर नम्बर

यो एप मिस्टर नम्बर निकै सरल, साधारण र प्रभावशाली छ । यसमा यूजरको कुनै नम्बर ब्लक वा अनब्लक गर्ने विकल्प समेत दिइएको छ । नम्बर ब्लक गर्न ऐपमा सिधा प्रयोग गर्ने मात्र होइन, फेसबुकलाई छान्न पनि सकिनेछ ।

mister-number

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment