Comments Add Comment

कांग्रेसले छान्यो समानुपातिक सभासद, देउवा र खुमबहादुर पत्नी पनि (सूचीसहित)

माधव धिताल 

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ मा भएको दोस्रो संविधान सभाको निर्वाचनवाट समानुपातिकतर्फ पाएको ९१ जना  सभासदको सूची बुझाएको छ । सोमबार संसदीय बोर्डले तयार पारेको सभासदको सूचीलाई पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको वैठकबाट बहुमतका आधारमा अनुमोदन भएपछि काँग्रेसका मूख्यसचिव चीनकाजी श्रेष्ठ र सहसचिव प्रकाश शर्मा निर्वाचन आयोग पुगेर समानुपातिक सभासदको अन्तिम सूची बुझाएका हुन्।  कांग्रेसले समानुपातिक सूचीमा रहेका ३४ केन्द्रीय सदस्य मध्ये ३० जनालार्इ सभासद बनाएको छ भने चार केन्द्रीय सदस्य भने अटाउन सकेनन् । समानुपातिक सभासदमा नपर्नेहरुमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, बाबुराम राना, मीना सुब्बा र राजनकुमार पन्त रहनु भएको छ ।

Cong-savasad

समानुपातिक सभासदको सूचीमा पर्नेहरूमा कोषध्यक्ष चित्रलेखा यादव, पूर्वमहामन्त्रीहरू गोपालमान श्रेष्ठ र कुलबहादुर गुरुङ रहनु भएको । यस्तै लीला कोइराला, दिलबहादुर घर्ती, नरेन्द्रबिक्रम नेम्वाङ, प्रदीप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्रप्रसाद रिजाल, डा.प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, मनमोहन भट्टराई, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, सूर्यमान गुरुङ, कमला पन्त, अम्बिका बस्नेत, धनराज गुरुङ, महेन्द्र यादव, रत्न शेरचन, मिनबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सिता गुरुङ, कविताकुमारी सरदार, मिनाक्षी झा, सुजाता परियार र कुमारी लक्ष्मी राई पनि सभासद हुनु हुने भएको छ ।

त्यसैगरी रञ्जित कर्ण,चिनकाजी श्रेष्ठ, तारिनीदत चटौत, धु्रव वाग्ले, सरिता प्रसाईं, अनिता देवकोटा, मिठु मल्ल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा, कांग्रेस नेता खुमबहादुर खड्का पत्नी शिला खड्का, बादसाह कुर्मी, दीपशिखा शर्मा ढकाल, आशा विक, लक्ष्मीदेवी चौधरी, हरेसप्रसाद यादव र डिल्लीबहादुर चौधरीलाई कांग्रेसले समानुपातिक सभासद बनाएको छ ।

त्यसैगरी समानुपातिकबाट सभासद बन्ने अन्य भाग्यमानीहरूमा जगदशीनरसिंह केसी, अशोक कोइराला, रामचन्द्र पोखरेल, बलदेव बोहोरा, भरतबहादुर खड्का, अमियकुमार यादव, मैकुलाल बाल्मिकी, प्यारेलाल राना र शान्तिदेवी चौधरी रहेका छन् । सभासदको सूचीमा पत्रकार धर्मेन्द्र झा भने अटाउन सकेनन् ।

काँग्रेसका ९१ सभासदको सूची हेर्नुस् :

Cong-pr- final list

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment