Comments Add Comment

युएईमा साकेला उधौली पर्व मनाइयो

किशुन शर्मा

अबुधाबी । युएर्इमा साकेला उधौली पर्ब भव्यताका साथ मनाइएको छ । किराँत राई यायोक्खा युएइको अग्रसरतामा अबुधाबीस्थित केरेला सोसाइटी हलमा शुक्रवार एक भब्य कार्यक्रमका साथ साकेला उधौली पर्ब मनाइएको हो । खचाखच दर्शकले भरिएको उक्त कार्यक्रमलाई प्रमुख अतिथी नेपाली दूतावास अबुधाबीका महामहिम राजदूत धनन्जय झा र नेपाल आदिबासी जनजाती महासंघ युएईका अध्यक्ष डेर राज गुरुङले सुम्निमा र पारुहाङको नाममा (जसलाई किराँत दर्शनमा सृष्टीकर्ताको रुपमा मानिन्छ) दीप प्रज्वलन गर्दै र किराँत राई यायोख्खा युएईका अध्यक्ष श्री उमेश राईले ढोल बजाउंदै कार्यक्रमको उद्घाटन गरिएको थियो ।sakela-1

किरांत राई यायोख्खा अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष श्री धनीन्द्र राईको स्वागत मन्तब्य पछी प्रमुख अतिथि महामहिम राजदूत झाले शुभकामना मन्तब्य दिदै नेपाली भुमीबाट टाढा रहेपनि आफ्नो मौलिक संस्कृती संरक्षण गर्नमा किराँत राईहरुले गर्नु भएको योगदान र उत्साह जनक उपस्थितिको प्रसंसा गर्दै अल एन जेलमा पाकिस्तानी नागरिकको हत्याको आरोपमा जेल जिबन भोगिरहेका अनिश खालिंग राईको लागि नेपाल सरकार र दुताबास वाट ब्लड मनि तिरी छुटाउने पहल भैरहेको र तेस्का लागि किरात राईहरुले पनि थप सहयोग गरी उहालाई नेपाल फर्काउन सकियोस भन्ने बिचार व्यक्त गर्नुभयो ।

किराँत राई यायोख्खा युएईका अध्यक्ष उमेश राईले केहि महिना अघि दुबईको अलकुजमा मृत्यु भएका मोरंगका सुरज राईको परिबारमा सहयोग गर्नका लागि उनका दुई बच्चाको नाममा बाल बचत खाता खोलि नेपाली रुपैया १ लाख ५१ हजार १ सय ११ जम्मा गर्ने निर्णय भएको जानकारी गराउनु भयो । साथै उक्त कार्यक्रममा लामो समय देखी किराँत राई यायोख्खा युएईलाई सहयोग गर्दै महत्वपुर्ण योगदान पुर्याउनु हुने श्री मुक्ति राई र श्री ईश्वर पुमा राई र नेपालवाट आउनु भएका अतिथि कलाकारद्वय समला राई र पार्बती राईलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।sakela-2

कार्यक्रमको दोश्रो चरणको साकेला साँस्कृतिक साँझ कार्यक्रम किरात राईहरुको साकेला कलाकार टोलीले प्रस्तुत गरेको साकेला सिली नाच सगै शुरुवात भएको थियो । कार्यक्रमको आकर्षकको रुपमा नेपालवाट आएका अतिथि कलाकारहरु नेपाली लोक तथा आधुनिक गीत गायिका समला राई र चर्चित नृत्यांगना पार्बती राईले दर्शकहरुलाई नचाएका थिए । गायिका समला राईले “ए माया सरर”, “भेट भयो इन्टरनेटैमा” र “समला” एल्बमवाट शिर्ष गीत गाएर दर्शकलाई मनोरंजन दिएकी थिइन् भने नृत्यांगना पार्बती राईले “हिजो राति”, “कहाँ होला” र “छलक छलक” बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरी मनोरंजन दिएकी थिइन् ।sakela-3

कार्यक्रममा स्थानिय नेपाली कलकारहरु सुमन सिग्देल, खेम घिमिरे, नन्दु राई र मणिराम राई ले गीत तथा कलाकारहरु दीपक गुरुङ, बिकल्प राई, रेणु गुरुङ, भुवन थापा, सारा तामांग र कास्मिरा राई ले नृत्य प्रस्तुत गर्दा दर्शकहरु नाचिरहेका देखिन्थे भने अबुधाबीका चन्द्र राई (तोक्मे कान्छा) को हास्यब्यंग प्रहसनले सवै दर्शकहरुलाई हसाएको थियो । साथै युएईको नेपाली सांगितिक ब्याण्ड ‘भुमिपुत्र ब्याण्ड’ का कलाकारहरुले पनि कार्यक्रममा सांगीतिक प्रस्तुती दिएका थिए ।

 किरात राई यायोक्खा अबुधाबी क्षेत्रीय समितिको आयोजना तथा किरात राई यायोख्खा सोनापुर क्षेत्रीय समिती र किरात राई यायोख्खा युएई केन्द्रीय समितीको सह-आयोजनामा भएको उक्त कार्यक्रम किराँत राई यायोख्खा युएईका अध्यक्ष उमेश राईको सभापतित्वमा सम्पन्न भएको थियो । पहिलो चरणको कार्यक्रमको सन्चालन किराँत राई यायोख्खा युएईका महासचिब मुम्चे राईले गरेका थिए भने दोश्रो चरणको साँस्कृतिक कार्यक्रमको सन्चालन तेज राई र राजमाया राईको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment