Comments Add Comment

कांग्रेस पार्टी कार्यालयमा नेविसंघको धर्ना

४ चैत, काठमाडौै । नेपाल विद्यार्थी संघले नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।

नेविसंको विधानमा भएबमोजिम ३२ वर्षे उमेर हदबन्दी कार्यान्वयनका लागि दवाव दिन भन्दै नेता तथा कार्यकर्ताहरुले धर्ना दिएका हुन् ।

पहिले प्रमुख नेताहरुको बिरोधका बीच विधान पारित गरेको तर अहिले कार्यान्वयन हुनेमा शंका देखिएको भन्दै विद्यार्थीहरुले पार्टीलाई दवाव दिएको बताएका छन् ।

आज पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक समेत बस्दै छ । बैठकलाई कुनै असर नपर्ने गरी शान्तिपूर्ण धर्ना दिइएको नेविसंघका नेता सुशील भट्टले जानकारी दिए ।

यसअघि पनि यही विषयलाई लिएर एउटा समूले धर्ना दिदै आएको थियो । धर्ना तथा प्रदर्शनका क्रममा अर्काे समूहले अवरोध गरेपछि झडपसमेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment