Comments Add Comment

नातिको मन बेइमानी बजारमा

५ माघ, काठमाडौं । बेलायतलाई कर्मथलो बनाएर साहित्य सिर्जना गर्दै आएका कन्याटार लिम्बा-१, पाँचथरका ३४ वर्षीय युवा साहित्यकार नरेश नातिले आफ्नो दोस्रो कृतिका रुपमा मुक्तक सङ्ग्रह ‘मन बेइमानी’ बजारमा ल्याएका छन् ।

Naresh nati bookयसअघि ‘बाटो खोज्दाखोज्दै’ नामक गीतसङ्ग्रह प्रकाशित गरिसकेका नातिमा प्रयोगात्मक, कलात्मक, काव्यात्मक एवं व्यङ्ग्यात्मक मुक्तक लेख्ने क्षमता रहेको उल्लेख गर्दै पुस्तकको भूमिकामा प्रसिद्ध कवि तथा गीतकार रत्नशमशेर थापाले नातिको मुक्तकमा भेग, भावना र भोगाइ प्रचुर मात्रामा रहेको बताएका छन् ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रकाशन गरेको नातिको मुक्तक सङ्ग्रह ‘मन बेइमानी’मा माया-पे्रम, रति-राग, देश तथा समाजसाग सम्बन्धित दुई सय पचास बढी मीठासपूर्ण मुक्तकहरू समाविष्ट छन् ।

नेपाली प्रतिभा प्रतिष्ठानका सचिव तथा रवि-महाभारा बेल्ट, बेलायतका सदस्य रहेका बि्रटिस गोर्खा सैन्य सेवामा आवद्ध मुक्तककार नातिको एक सय चवालीस पृष्ठको उक्त पुस्तकको मूल्य दुई सय राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment