+
+
Shares

होलीलाई मर्यादित बनाउन आह्वान गर्दै वीरगञ्जमा निकालियो र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ४ गते १३:०७

४ चैत, वीरगञ्ज । होली पर्व नजिकिएसँगै पर्सा, बारालगायत तराईका जिल्लामा होली मिलन समारोहहरु आयोजना भइरहेका छन् । एक-अर्कामा रंग अबिर दलेर शुभकामना आदान प्रदान गर्ने, रमाइलो गर्ने र मिठा मिठा खानेकुरा खाने पर्व हो होली । तर, कहिलेकाहिँ होलीमा उच्छृंखल गतिविधि हुने गरेका छन् ।

त्यसैले होलीलाई मर्यादित, सुरक्षित बनाउने उद्देश्यले पर्साको वीरगञ्जमा र्‍याली निकालिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत निकालिएको जनचेतनामुलक र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

वीरगञ्जको रोयल पार्टी प्यालेसबाट निस्केको र्‍याली घण्टाघर, माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै वीरगञ्ज नगर परिक्रमापछि पुनः रोयल पार्टी प्यालेसमै आएर सभामा परिणत भएको थियो । र्‍यालीमा प्रहरी, होटल तथा पर्यटन व्यवसायी, पत्रकार, समाजसेवी लगायत सहभागी थिए ।

उनीहरुले कुनैपनि व्यक्तिलाई मन्जुरी विना रंग नलगाऔं, सभ्य र शिष्ट व्यवहार गरौं, नशालु पदार्थ सेवन नगरौं, दुर्घटनाबाट बचौं, होली करले होइन, रहरले मनाऔं, होली पर्व सभ्य सुरक्षित बनाऔं जस्ता सचेतनामुलक नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

होली पर्वमा उछृङ्खल गतिविधि नहोस् भन्ने उद्देश्यले सचेतनामुलक कार्यक्रम गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक मानबहादुर राईले नागरिकले कर्तव्य र जिम्मेवारी बोध गर्दा समस्या नआउने बताए । ‘संविधानमै नागरिकका कर्तव्यहरु उल्लेख गरिएका छन्, एक अर्काको हकलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘होलीमा कुनैपनि गतिविधिले साथीभाइ, सामाजिक मूल्य मान्यतामा असर नपरोस् भन्नेमा ध्यान दिनुपर्छ ।’

नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदी, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम बञ्जारा, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्की लगायतले होली पर्वलाई सभ्य र मर्यादित तरिकाले मनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?