+
+

मोदीको समर्थक भएको भन्दै सलमानको सिनेमा नहेर्न अपिल

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ८ गते १५:५२

salman-and-modi

बलिउड नायक सलमान खानले बीजेपी नेता मोदीको साथमा चंगा उडाएपछि अहिले उनी अप्ठ्यारोमा पर्न थालेका छन् । आन्ध्रा प्रदेशको राजनीतिक दल ‘अल इन्डिया मजलिस ए इत्तेहादुल मुसलमीन’ले आफ्ना समर्थक र कार्यकर्तालाई सलमानको सिनेमा नहेर्न सार्वजनिक अपिल नै गरेको छ ।

हैदराबादका सांसद एवं पार्टीका अध्यक्ष असुदुद्दीन ओवैसीले सलमानको प्रदर्शनमा आउन लागेको चलचित्र ‘जय हो’ नहेर्न आदेश दिएका छन् । सलमान मोदीको समर्थक भएको भन्दै उनको सिनेमा नहेर्न अपिल गरिएको हो ।

उनी एक नाच्ने कलाकार भएको भन्दै सलमानलाई ‘मैने प्यार किया’को साटो ‘मैने प्यार क्यू किया’को नजरबाट हेर्न कार्यकर्तालाई उनले आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?