+
+

धरानमा ‘डन्ट ब्रेक माई हर्ट’, एसएसपी बने क्यामेराम्यान

धरानको विजयपुरस्थित दन्तकाली मन्दिरमा बुधबार बढि नै भीडभाड थियो । मन्दिरको ढोका छेउमै लस्करै उभिएका यूवायूवतीले छातीमा हात राखेर एकैस्वरमा भने ‘डन्ट ब्रेक माई हर्ट’ ।

उनीहरुको यस्तो गतिबिधी भिडियो क्यामेरामा कैद गरिरहेका थिए, कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी यादवराज खनालले । एकैछिनमा परबाट आवाज आयो ‘कट्’। पूर्वेली कलाकार, निर्माता, निर्देशक रहेको चलचित्र ‘डन्ट ब्रेक माई हर्ट’को धरानमा शुभमुहुर्त गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ८ गते १६:०४

dont-break-my-heart

गोपाल दाहाल

धरानको विजयपुरस्थित दन्तकाली मन्दिरमा बुधबार बढि नै भीडभाड थियो । मन्दिरको ढोका छेउमै लस्करै उभिएका यूवायूवतीले छातीमा हात राखेर एकैस्वरमा भने ‘डन्ट ब्रेक माई हर्ट’ ।

उनीहरुको यस्तो गतिबिधी भिडियो क्यामेरामा कैद गरिरहेका थिए, कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी यादवराज खनालले । एकैछिनमा परबाट आवाज आयो ‘कट्’। पूर्वेली कलाकार, निर्माता, निर्देशक रहेको चलचित्र ‘डन्ट ब्रेक माई हर्ट’को धरानमा शुभमुहुर्त गरिएको हो ।

दिनेश पौडेलले निर्देशन गर्ने चलचित्रमा माधव केसी, आकाश आचार्य, कविशा श्रेष्ठ, इसा गौतम, शम्भु भट्टराई, राजन भण्डारी, आनन्द बस्नेत, पुजा श्रेष्ठ, कमल राई, कृष्ण नेपाल लगायतको अभिनय रहनेछ । पत्रकार प्रेम बास्तोलाको कथा, पटकथा र संवाद रहेको चलचित्रको छायांकन एक महिनामा सकेर नयाँ बर्षमा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?