+
+

राज्यलक्ष्मी भन्छिन्–म रामकुमारीलाई चिन्दिँन

८ माघ, काठमाडौं । सभासद राज्यलक्ष्मी गोल्छाले आफ्नो क्षमतालाई मूल्याङ्कन गरेर नेकपा एमालेले आफूलाई सभासद बनाएको बताएकी छन् । आफ्नो आलोचना गर्ने रामकुमारी झाँक्रीलाई नचिनेको भन्दै आफूमाथि लागेका आरोपको जवाफ एमाले केन्द्रले दिनुपर्ने गोल्छाको प्रतिक्रिया छ ।

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ८ गते १८:०७

Rajya-laxmi-Golchha

ज्ञानेन्द्र खड्का

८ माघ, काठमाडौं । सभासद राज्यलक्ष्मी गोल्छाले आफ्नो क्षमतालाई मूल्याङ्कन गरेर नेकपा एमालेले आफूलाई सभासद बनाएको बताएकी छन् । आफ्नो आलोचना गर्ने रामकुमारी झाँक्रीलाई नचिनेको भन्दै आफूमाथि लागेका आरोपको जवाफ एमाले केन्द्रले दिनुपर्ने गोल्छाको प्रतिक्रिया छ ।

‘मलाई पार्टी सेन्टरले सभासदको प्रस्ताव गरेपछि मैले स्वीकारेकी हुँ’, संविधानसभाको पहिलो बैठकमा सहभागी हुन काठमाडौं आएकी गोल्छाले अनलाइनखबरसँग भनिन्, ‘मसँग कसैसँग तुलना गरेर पार्टीभित्र र बाहिर गरिएका बहसप्रति मलाई कुनै गुनासो छैन ।’

एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीलाई सभासद नबनाई राज्यलक्ष्मीलाई बनाइएको भन्दै एमालेवृत्तमा उनी चर्को आलोचनाको पात्र बनेकी छन् । आफूमाथि लागेका आरोपबारे गोल्छा मौन बसेकी थिएन् । बुधबार अनलाइनखबरसँग कुरा गर्दै उनले झाँक्रीलाई आफूले नचिनेको र उनीसँग आफ्नो कुनै गुनासो नरहेको बताइन् ।

संविधानसभाको पहिलो बैठकमा उपस्थित भएर बुधबारै बिराटनगर पुगेकी सभासद गोल्छाले एमालेको राजनीतिमा प्रतिवद्ध भएर लाग्ने बताइन् । ‘म हिजो पनि एमालेप्रति प्रतिवद्ध हो, अबका दिनमा म एमालेको राजनीतिमा लागेर महिलालाई अधिकारसम्पन्न गराउन सक्रिय हुन्छु,’ उनले भनिन्, ‘संविधानसभामा रहेर महिलाका अधिकार संस्थागत गर्न अबका दिनमा प्रयास गर्नेछु ।’

रामकुमारीसँग मेरो गुनासो छैन

पार्टीको निर्णयअनुसार सभासद बनाइएकाले आफूले खर्च नगरेको राज्यलक्ष्मीको भनाइ छ । ‘मेरो क्षमता मूल्यांकन गरेर पार्टीले सभासद बनाएको हो, सभासद बन्नका लागि मैले पैसा लगानी गरेकी छैन’, राज्यलक्ष्मीले भनिन्, ‘मलाई सभासद बनाउँदा रामकुमारीले असन्तुष्टि जनाएको सुनेकी थिएँ, राजनीति भएकाले मैले यी कुरालाई सामन्यरुपमा लिएकी छु ।’

झाँक्रीको असन्तुष्टिबारे आफूसँग केही प्रतिक्रिया नरहेको गोल्छाले बताइन् । यसबारे पार्टीसँगै कुरा गर्दा उचित हुने उनको भनाइ छ । ‘मैले रामकुमारीलाई चिनेको पनि छैन,’ सभासद गोल्छाले अनलाइनखबरसँग भनिन् ।

दोस्रो संविधानसभाको पहिलो बैठकमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै सभासद गोल्छाले शिक्षित व्यक्तिले यस्तो अवसर पाएकाले जनमतको कदर गर्न सक्ने दाबी गरिन् ।

‘पार्टीले जवाफ दिनुपर्छ’

‘मैले सभासद बन्छु भनेर एमालेको नेतृत्वलाई भनेको होइन, पार्टीबाटै प्रस्ताब आएकाले म सभासद बन्न राजी भएकी हुँ,’ सभासद गोल्छाले भनिन्, ‘मेरो बारेमा भएका बजार हल्ला र तर्क–विर्तकबारे मैले जवाफ दिने होइन, ती सबै कुराको जवाफ एमाले पार्टी केन्द्रले दिनुपर्छ ।’

सभासदको प्रमाणपत्र लिन नआएपछि अझ विरोध खेपेकी राज्यलक्ष्मीले निर्वाचन आयोगले उपलव्ध गराएको प्रमाणपत्र आफूले पत्रमार्फत आधिकारिक व्यक्तिमार्फत बुझेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?