Comments Add Comment

२० करोड लगानीमा सौराहामा ल्याण्डमार्क फरेष्ट पार्क

Landmark-Hotel-Souraha

चितवनको पर्यटकीय केन्द्र सौराहामा सुबिधासम्पन्न ल्याण्डमार्क फरेष्ट पार्क होटल संचालन हुने भएको छ ।

पोखरामा ल्याण्डमार्क होटल संचालन गरिरहेको सम्राट ग्रुपले सौराहामा होटल विस्तार गरेको हो । आगामी फेब्रुअरी २७ तारिखदेखि संचालनमा आउने होटलमा पाँच तारे स्तरको सुबिधा दिइने सम्राट ग्रुपका प्रबन्ध निर्देशक सीएन पाण्डेले जानकारी दिए ।

‘सुबिधासम्पन्न र खर्च गर्ने क्षमता भएका स्तरीय पर्यटकलाई लक्षित गर्दै होटल संचालनमा ल्याउन लागेका छौं’ पाण्डेले भने-‘चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको होटलले स्तरीय पर्यटकलाई तान्ने बिश्वास लिएका छौं ।’

सुबिधाहरू

करिव डेढ बिगाहा क्षेत्रमा स्थापित होटलमा ४६ वटा वातानुकुलित कोठा छन भने दुईवटा सुइट छन् । अन्तराष्ट्रिय र राष्ट्रिय खाना उपलब्ध गराउने रेस्टुरेन्ट, बार, सेमिनार कक्ष, वातावरण मैत्री आर्कषक वगैँचा, पौडी पोखरी लगायतका सुबिधा यसमा रहेका छन् ।

यो वागमारामा सञ्चालनमा हुने पहिलो अत्याधुनिक सुविधा सम्पन्न रिसोर्ट हुनेछ । यसले आन्तरिक तथा वाÅय सवै प्रकारका पाहुनाहरुलाई सेवा दिने लक्ष्य राखेको पाण्डेले जानकारी दिए। स्थानीय थारु संस्कृति आनन्दसहित जंगल सफारी र दृष्यावलोकनका सम्पूर्ण प्याकेजहरु संचालन गर्न लागिएको छ ।

होटलमा सिंगल बेडका लागि ९५ अमेरिकी डलर, डवल बेडका लागि ११५, लन्चका लागि १५ र डिनरका लागि १८ डलर दर राखिएको छ ।

नेपालीलाई बिशेष छुट

होटलले नेपालीहरुको घुम्ने परिपाटीमा प्रोत्साहन मिलोस् भन्ने उदेश्यले बिशेष छुट प्याकेजहरु बनाएको छ । ‘नेपाली ग्राहकका लागि ४० प्रतिशत छुटको ब्यबस्था गरिएको छ’ पाण्डेले भने-‘नेपालीहरुले फेमिली टुर, कर्पोरेट सेमिनार तथा तालिम, अध्ययन भ्रमण तथा बिदाको सदुपयोग गर्न सक्ने गरि प्रोत्साहन गर्न खोजेका छौं ।’

Landmark-Hotel-Souraha-2

‘सुरुका ६ महिनासम्म हामी नेपाली ग्राहकका लागि ४० प्रतिशत छुटसहित प्रोमोसन रेट दिने योजनामा छौं’ पाण्डेले जानकारी दिनुभयो ।

बिगत २ दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय सम्राट ग्रुपले ल्याण्डमार्क होटललाई काठमाण्डौं र लुम्बिनीमा पनि विस्तार गर्ने योजना बनाएको छ ।

लगानी

चितवनको ल्याण्डमार्क फरेष्ट पार्कमा करिव २० करोड लगानी भएको सम्राट ग्रुपले जनाएको छ । यसअघि पोखराको ल्याण्डमार्क होटलमा करिव ४० करोड लगानी भइसकेको र पोखरा ल्याण्डमार्कमा अझै स्तरबृद्धिको तयारी भइरहेको  ग्रुपले जनाएको छ ।

मुलुक द्वन्द्वबाट गुज्रिएर शान्तिको अबस्थामा आएकाले अब नेपालको पर्यटन क्षेत्र फस्टाउने बिश्वाससहित होटल विस्तारमा लागेको प्रबन्ध निर्देशक पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment