Comments Add Comment

अल्जेरियाका राष्ट्रपति अब्देलअजीजद्वारा राजीनामा

२० चैत, काठमाडौं । अल्जेरियाका राष्ट्रपति अब्दुलअजिजले पदबाट राजीनामा दिएका छन् । केही सातायता उनीविरुद्ध देशव्यापी विरोध पदर्शन हुँदै आएको थियो । सैनिक प्रमुख लेफ्टिनेन्ट जनरल अहमद जी सालेहले पनि राष्ट्रपतिलाई अयोग्य घोषणा गरेर हटाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

राष्ट्रपति अब्देलअजीज, अल्जेरियाको स्वतन्त्रता सेनानी हुन् । आठ वर्ष अगाडि अरब क्षेत्रमा भएको क्रान्तिको क्रममा अब्देलअजीज आफ्नो सत्ता जोगाउन सफल भएका थिए । उनले २० वर्षसम्म अल्जेरियाको सत्ता सम्हाले । ८२ वर्षीय राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शनमा उत्रिएकाहरुले भने अब्देलअजीज आफ्नो कार्यकाल अझै बढाउने खेलमा लागेको आरोप लगाउँदै राजीनामा मागेका थिए ।

यद्यपि अब्देलअजीजले भने पाँचौं कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरेका थिए । उनलाई सन् २०१३ मा हृदयाघात भएको थियो । हाल उनी मुश्किलले हिँडडुल गर्न र बोल्न सक्छन् । सार्वजनिक कार्यक्रमहरुमा कहिलेकाहिँ मात्र उपस्थित हुन्छन् । यस्तो अवस्थामा रहेका राष्ट्रपतिले देश कसरी चलाउलान् भनेर अल्जेरियाका जनताले प्रश्न उठाउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment