News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरको फिदिम नगरपालिका-७ रानीटारमा बाल दिवसको अवसरमा रानीटार माध्यमिक विद्यालयका विद्यार्थीले रोपाइँजात्रा प्रस्तुत गरे ।
- वडाध्यक्ष रुपेन्द्र तामाङले २०३७ सालदेखि निरन्तरता दिइएको परम्परा सांस्कृतिक पहिचान भएको जानकारी दिए ।
- आयोजक क्लबका अध्यक्ष टंक गुरुङले द्वन्द्वकालमा रोकिएको मेला लोकतन्त्रपछि भदौ २९ गतेदेखि पुनः सुरू गरिएको बताए ।
३० भौ, पाँचथर । बाजा गाजा सहित बराजु खेलमैदान प्रवेश गरेका विद्यार्थीले सांकेतिक रुपमा रोपाइँ प्रस्तुत गरे । रोपाहार, बाउसे, हलीसहितका सांकेतिक प्रस्तुतिले दर्शकलाई मनोरञ्जनमात्र दिएनन, परम्परालाई निरन्तरता दिए ।
पाँचथरको फिदिम नगरपालिका-७, रानीटारमा जात्रा गरिएको हो । बाल दिवसको अवसर पारेर यहाँ रोपाइँजात्रा सम्पन्न भयो । रानीटार माध्यमिक विद्यालयका विद्यार्थीले रोपाइँजात्रा प्रस्तुत गरेका थिए ।
विभिन्न जातजातिमा आधारित परम्परागत पोशाकमा सजिएका विद्यार्थीले आर्कषक प्रर्दशन गरेका थिए । रोपाइँ सक्ने बेला उनीहरुले राष्ट्रिय झण्डा बनाएका थिए । २०३७ सालदेखिको परम्परालाई निरन्तरता दिइएको वडाध्यक्ष रुपेन्द्र तामाङले जानकारी दिए । भौगोलिक रुपमा सुन्दर रानीटारमा परम्परागत पोशाकसहित देखाइने संस्कृति पहिचान भएको उनको भनाइ थियो ।
बाल दिवसको अवसरमा विगतमा भदौं ४ गते यो मेला लाग्ने गर्थ्यो । पाँचथरमा हिले जात्राको रुपमा चर्चित थियो । द्वन्द्वकालमा रोकिएको यो मेलालाई पुन: जागरण गरिएको हो । गणतन्त्रपछि भदौं २९ गते मनाउन थालिएको आयोजक रानीटार युनाइटेढ क्लबका अध्यक्ष टंक गुरुङले जानकारी दिए । गत वर्ष जेनजी आन्दोलनका कारण हुन सकेको थिए ।
चारदिन प्रशिक्षण गरेर विद्यार्थीलाई रोपाइँका लागि तयारी गरिएको रानीटार माध्यमिक विद्यालयकी प्रधानाध्यापक गंगा राईले बताइन । रोपाइँ जात्राको अवसरमा खुल्ला तथा भेट्रान फुटवल प्रतियोगिता, जेठ नागरिकको दौड, नृत्य लगायका कार्यक्रम राखिएको थियो ।






प्रतिक्रिया 4