Comments Add Comment

बाफलमा युवकको हत्या, साथी फरार

सोल्टी मोडको दोबाटो पुगेर अल्मलियो प्रहरी कुकुर

१९ चैत, काठमाडौं । काठमाडौंको बाफलमा एक बेवारिसे व्यक्तिको हत्या भएको छ । तराई मुलको जस्तो देखिने अन्दाजी २५/२६ वर्षको पुरुषको हत्या भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनी बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे । उनी आफू जस्तै दुई/तीन जना व्यक्तिको समूहमा बस्ने गरेको बोगटी बताउँछन् ।

घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगेको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको छ ।

प्रहरीले घटनास्थलबाट अपराधमा प्रयोग भएको सिसा पनि बरामद गरेको छ । घटनापछि उनीसँगै बस्ने अर्का युवक फरार भएका छन् ।

अन्दाजी ५ फिट उचाई र पालतो ज्यान भएका ती व्यक्तिसँग उनले बेलाबेलामा झगडा गर्ने गरेको स्थानीय बताउँछन् । घटनास्थल नजिकै प्रहरी बिट पनि छ । जहाँका अधिकारीले उनीहरुबीच केहीअघि भएको झगडा पनि देखेका थिए ।

बोगटीले भने घटनामा संलग्नको खोजी भइरहेको बताएका छन् ।

कुकुरको संकेत

अनुसन्धानका लागि प्रहरीले ल्याएको विज्ञ कुकुरले पनि घटनाको सम्बन्धमा कुनै सुराक दिन सकेन ।

स्रोतका अनुसन्धान घटनास्थलमा सबुत सुघाँएर छाडिएको कुुकर दौडिँदै सोल्टी दोबाटोसम्म पुगे पनि त्यहाँबाट अघि बढ्न सकेन ।

त्यो क्षेत्रमा अत्यधिक भीड हुने कारण कुकुरले अभियुक्तको बाटो पहिचान गर्न नसकेको हो । यद्यपि, प्रहरीले अन्य विभिन्न विधिबाट अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment