Comments Add Comment

उर्वशीको नितम्ब थप्थपाउँदा विवादमा परे बोनी कपुर (भिडियो)

बलिउडमा मिटुको हलचल त यतिबेला शान्त भइसक्यो । तर, हालै निर्माता–निर्देशक बोनी कपुर यौन दुव्र्यवहारको आरोप लागेको छ ।

बोनीले अभिनेत्री उर्वशी रौटेलामाथि यौनदुव्र्यवहार गरेको आरोप सामाजिक सञ्जालमा लगाइएको हो । यी दुईको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा बोनीले उर्वशीको नितम्बमा आफ्नो हातले थप्थपाएको देखिन्छ ।

फिल्म निर्माता जयन्ती लाल गाढाको छोराको बिहेको स्वागत समारोहमा बोनी र उर्वशीको भेट भएको थियो । त्यसो त कतिपयले उनीहरु सँगै सो पार्टीमा गएको पनि बताएका छन् । सार्वजनिक भएको भिडियोमा उनीहरु सँगै फो खिचाइरहेका देखिन्छन् । फोटो खिचिसकेपछि बोनीले हाँस्दै उर्वशीको नितम्बमा दुईचोटि प्याटप्याट पार्छन् । उनले अञ्जानमा वा जानिबुझी यसो गरेका हुन् यसै भन्न सकिँदैन । तर, उर्वशी भने केही नर्भस देखिन्छिन् । त्यसपछि उनीहरु छुट्टिएर दुईतिर लाग्छन् ।

ट्विटर प्रयोगकर्ताहरुले भने बोनीले जानीजानी उर्वशीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै उनको चरित्रमा प्रश्न उठाएका छन् । बोनीकी पत्नी श्रीदेवीको गत वर्ष मात्र रहस्यमय ढंगले मृत्यू भएको थियो । प्रहरीले सुरुमा श्रीदेवीको मृत्युमा बोनीको हात रहेको आशंका गरी छानविन अघि बढाएको थियो । तर, उनीविरुद्ध कुनै प्रमाण भेटिएको थिएन । कतिपयले अझै पनि श्रीदेवीको मृत्यूमा बोनीको हात रहेको हुन सक्ने आशंका गर्छन् ।

बोनी अहिले आफ्ना दुई छोरीहरुसँग छन् । उर्वशीसँग उनको घनिष्ठता बढ्दो क्रममा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले उर्वशीलाई आफ्नो एक फिल्ममा पनि साइन गराएका छन् । बोनी र उर्वशीले चाँडै बिहे गरेको खण्डमा आश्चर्य नहुने कतिपयको भनाई छ ।

यसैबीच आफ्नो भिडियोलाई लिएर नानाथरी टिप्पणीहरु भएपछि उर्वशीले मुख खोलेकी छन् । उनले बोनी कपुर एकदमै भलाद्मी मान्छे भएको बताउँदै सामाजिक सञ्जाल र मिडियाहरुलाई गाली गरेकी छन् ।

उनले ट्विटरमा लेखेकी छन्, ‘तिमीहरुले अब महिला शशक्तिकरणको समाचार नलेखे पनि हुन्छ । जसले महिलाको सम्मान गर्न सक्दैन उसले किन ढोंग गर्नु ?’

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment