Comments Add Comment

अर्जुन र मलाइकाको बिहेको चर्चामा अरबाजको यस्तो प्रतिक्रिया

नायक अर्जुन कपुर र नायिका मलाइका अरोरा खानको प्रेम सम्बन्धको चर्चा त अब सामान्य भैसकेको छ । यी दुई प्रेममा रहेको लामो समय भएको थियो । तर, नायक अरबाज खानसँगको बैबाहिक सम्बन्धबाट अलग भएपछि मात्र अर्जुन र मलाइकाले आफूहरुलाई नजिक देखाएका थिए ।

अहिले फेरि बलिउड बजारमा अर्जुन र मलाइकाले बिहे गर्न लागेको चर्चा सुरु भएको छ । उनीहरु अप्रिल १९ मा बिहे गर्दैछन् भन्ने चर्चा भारतीय मिडियामा चलिरहेको छ । यो खबरमा अर्जुनका पिता बोनी कपुरले प्रतिक्रिया दिइसकेका छन् । उनले, यो खबरलाई झुटो मात्र भनेका छन् ।

यो बिषयमा मलाइकाका पूर्व पती अरबाज खानलाई पत्रकारले प्रश्न सोधेका छन् । पत्रकारको प्रश्नमा अरबाजले भने–‘निकै नै बौद्धिक प्रश्न तपाइले सोध्नुभएको छ । यो प्रश्नका लागि तपाइले निकै नै मिहिनेत गर्नुभयो होला, रातभर बसेर सोच्नुभयो होला । म तपाइको प्रश्नको जवाफ दिन चाहन्छु । तर, तपाइले यति धेरै समय लगाएर प्रश्न सोच्नुभएको छ भने, मलाई पनि यसको जवाफ सोच्न समय लाग्छ । म तपाइलाई भोली बताउँछु, हुन्छ ?’

अरबाजले मलाइका र अर्जुनको बिहेको बिषयमा जवाफ दिन नचाहेको प्रष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment