Comments Add Comment

अब मूला र लौकालाई पागल नबनाऔं : प्रधानमन्त्री ओली

१९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेकुरालाई पागल बनाउने क्रम रोक्नुपर्नेमा जोड दिएका छन् । कल्चर गर्ने नाममा जेलाई पनि पागल बनाउने गरिएको भन्दै उनले अर्गानिक खाद्यवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आजकल कल्चर गर्ने, के गर्ने नाममा खानेकुरालाई खानेकुरा रहन नदिने, पागल बनाइदिने । सानो फल्ने सुन्तलालाई फर्सी जत्रो बनाइदिने गर्छौं । ‘मुलालाई पनि पागल बनाइदिने, लौकालाई पनि पागल बनाइदिने ।’

उनले अघि भने, हिजोको आज ठूलो भइराखेको हुन्छ । उसले आफ्नो उमेर विर्सिएर, साइज बिर्सिएर पागल हुन्छ । त्यो हामीले खाँदा कहाँ स्वस्थ्कर हुन्छ ? त्यसकारण अर्गानिक भनेको हौं । विकास गर्नुपर्छ, ठूलो फलाउनुपर्छ तर, स्वस्थ फलाउनुपर्छ ।’

थोरै तर अर्गानिक उत्पादन गरेपनि अरुले भन्दा राम्रो मूल्य लिन सकिने उनले बताए । ‘तिम्रा देशको जस्तो पागल बनाएको होइन, सद्दे फलफूल हो । यसलाई आफ्नो उमेर थाहा छ, आकास थाहा छ । त्यसकारण यो स्वस्थ छ । प्याकेटमा लेखिदिए हुन्छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले मूल्य पाएन भनेर खानेकुरालाई सडकमा नफाल्न समेत आग्रह गरेका छन् । दूध विकेन भने कुराउनी पकाउने, दही जमाएर घ्यू निकाल्न सकिने, मुला विकेन भने सिन्की बनाउने सकिने भन्दै उनले किसानहरुको ध्यानाकर्षण गराए ।

नेपालको आधुनिकीकरणको पहिलो सर्त कृषिको आधुनिकीकरण भएको तर, २/४ कठ्ठामासम्भव नभएको प्रधानमन्त्री ओलीले बताए । अब सहकारीमार्फत ठूलो क्षेत्रमा एउटै बाली लगाउने र प्रधानमन्त्री कृषि आधुनिकीकरणसँग जोड्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment