+
+

एनआरएनलाई दोहोरो नागरिकता दिने प्रधानमन्त्रीको आश्वासन

१० असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले कार्यकारी राष्ट्रपति बाराक ओबामाको देश अमेरिकामै उभिएर भनेका छन्- ‘कार्यकारी अधिकारसहितको राष्ट्रपतीय प्रणालीले तानाशाह जन्माउने विश्वको अनुभवले देखाएको छ ।’

फोक्सोमा दाग देखिएपछि क्यान्सरको आशंकामा परीक्षणका लागि अमेरिका पुगेका प्रधानमन्त्री कोइरालाले अमेरिका पत्रकार संघ नेजाका पदाधिकारीसँगको भेटमा यस्तो बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १० गते १९:५०

Susil-koirala

  • अमेरिका पत्रकार संघका पदाधिकारीसँग प्रधानमन्त्री कोइराला । तस्वीर : ग्लोब नेपाल 

१० असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले कार्यकारी राष्ट्रपति बाराक ओबामाको देश अमेरिकामै उभिएर भनेका छन्- ‘कार्यकारी अधिकारसहितको राष्ट्रपतीय प्रणालीले तानाशाह जन्माउने विश्वको अनुभवले देखाएको छ ।’

फोक्सोमा दाग देखिएपछि क्यान्सरको आशंकामा परीक्षणका लागि अमेरिका पुगेका प्रधानमन्त्री कोइरालाले अमेरिका पत्रकार संघ नेजाका पदाधिकारीसँगको भेटमा यस्तो बताएका हुन् ।

प्रम कोइरालाले लोकतन्त्रका लागि प्रधानमन्त्री प्रणाली नै उपयुक्त हुने जिकिर गरेका छन् । ‘विदेशको अनुभवले पनि कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुनुपर्ने देखिएको छ, नत्र तानाशाह जन्मने खतरा हुन्छ ।’-कोइरालाको भनाइलाई उधृत गर्दै त्यहाँस्थित नेपाली सञ्चारमाध्यमले जनाएका छन् ।

यसैवीच प्रधानमन्त्री कोइरालाले गैरआवासीय नेपाली संघ एनआरएनको मागबमोजिम दोहोरो नागरिकताका लागि नेपाल सरकारले गृहकार्य गरिरहेको बताएका छन् । एकपटकको नेपाली, सधैंको नेपाली भन्नेमा सबै दलहरुवीच सहमति रहेको प्रधानमन्त्री कोइरालाको भनाइ छ ।

आफ्नो स्वास्थ्यको विषयमा भन्दा राष्ट्रको स्वास्थ्यबारे चिन्ता गर्न भनेका प्रधानमन्त्री कोइरालाको बायोप्सी रिपोर्ट आइनसकेकाले नेपाल र्फकने मिति टुंगो लागि नसकेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?