Comments Add Comment

दुई करोड लगानीमा एनआरएनले शंखमुलमा पार्क बनाउने

Shesh ghaleकाठमाण्डौ । गैरआवासीय नेपाली संघले काठमाण्डौको शंखमुलस्थित बागमति किनारमा घाटसहितको पार्क बनाउने भएको छ । पार्क निर्माणसम्बन्धी सम्झौतामा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र एकीकृत बागमति सभ्यता बिकाश समितिका तर्फबाट गजेन्द्रकुमार ठाकुरले शुक्रबार एक समारोहवीच हस्ताक्षर गरे ।

गैरआवासीय नेपाली संघ अन्र्तगत परोपकारी एवं मानवीय सहयोग समितिको अगुवाईमा निर्माण हुन लागेको यो पार्कको निर्माण लागत करिव २ करोड रुपैयाँ हुने छ । आगामी १० महिनाभित्र पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पार्कमा पाँचवटा घाट, पोखरी, चौविसै घण्टा पानी बग्ने शंख आकारको धारा लगायत रहने बताइएको छ ।

अध्यक्ष घलेले बागमति नदी किनारलाई ब्यबस्थित गर्ने क्रममा सरकारले गैरआवासीय नेपालीको सहयोग अपेक्षा गरेपछि पार्क निर्माणका लागि एनआरएन अग्रसर भएको बताए ।

पार्कका डिजाइनकर्ता सुभाष अधिकारीले आगामी ९–१० महिनामा पार्क निर्माण सम्पन्न हुनेछ । पार्क निर्माणका लागि जुनको पहिलो साता स्पेनको बार्सिलोनामा आयोजित एनआरएन युरोपेली क्षेत्रीय वैठकमा १ करोड रुपैयाँभन्दा बढि सहयोग संकलन गरिएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य पशुपति भण्डारी, परियोजनाका डिजाइनकर्ता सुभाष अधिकारी, गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश राना लगायतको उपस्थीति थियो ।

पार्क निर्माणका लागि समितिका तर्फबाट कुल आचार्यले अगुवायी गरेका छन् भने समितिको संयोजक एनआरएन महासचिव कुमार पन्त रहेका छन् ।

sankhamul-park-by-nrn-3

sankhamul-park-by-nrn-2

sankhamul-park-by-nrn-1 sankhamul-park-by-nrn-2 sankhamul-park-by-nrn-3 sankhamul-park-by-nrn-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment