Comments Add Comment

लैंगिक हिंसाबिरुद्ध ऐक्यबद्धता जनाउन न्यूजर्सीमा रातो सारी प्रदर्शन

अमेरिका । गत नोभेम्बर ३ का दिन अमेरिकाको न्यूजर्सीमा लैंगिक हिंसाबिरुद्ध ऐक्यबद्धता जनाउन महिलाहरुले रातो सारी प्रदर्शन गरेका छन् ।

उक्त कार्यक्रममा बिदेशीहरु पनि ऐक्यबद्धता जनाउन सहभागिता भएका थिए । न्यूजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तर्गत  ‘हड्सन स्पीक्स’ले संचालन गरेको  ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’नामक कार्यक्रममा महिलाहरु रातो सारी तथा कालो चोलोमा उपस्थित भएका थिए ।

न्यूजर्सीको हड्सन काउन्टीमा घरेलु र यौनहिंसाबाट पीडित भएका दक्षिण एसियाली महिलाहरुलाई निःशुल्क सेवा प्रदान गर्ने उद्धेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ ,नेपालीमा बोलौ दिदीबहिनी भन्ने अभियान संचालन गरिएको हो ।

हिन्दी, नेपाली, बंगाली तथा अंग्रेजीमासमेत सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंसाका पीडित नेपाली महिलाहरुलाईसमेत निःशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

अतिथि तथा वक्ताहरुले बिशेष बोल्न पर्ने र यौन हिंसामा एकता हुनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमको बारेमा जानाकारी तथा उपस्थित नेपाली मूलका तथा बिदेशीहरुलाई स्वागत महिला अधिकारकर्मी बिष्णु माया परियार (मानार्थ विद्यावारिधि)ले गरेकी थिइन् ।

कार्यक्रममा दक्षिण एसियालगायत नेपालका कलाकारहरु समीक्षा पौडेल, कृति सुबेदी भट्ट, सिम्रन अधिकारी, कबिन महर्जनले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम प्रस्तोता अनुपना सापकोटाले गरेकी थिइन् ।

अतिथि तथा वक्ताहरुले बिशेष बोल्नु पर्ने र यौन हिंसाबिरुद्धमा एकता हुनु पर्ने कुरामा जोड दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment