गुगलको एन्ड्रोइड वेयर अपरेटिङ सिस्टम भएको स्मार्टघडी सामसुङले अब छिट्टै बजारमा ल्याउँदैछ । सामसुङ गिएर लाइभ नामक उक्त स्मार्टघडी कस्तो हुनेहोला ? भन्ने धेरैको जिज्ञासाबीच सामसुङले आफ्नो गिएर लाइभ स्मार्ट घडीको लुक्स सार्वजनिक गरेको छ ।
ताइजेन अपरेटिङ सिस्टमबाट चल्ने आफ्नो पहिलो स्मार्टघडी गिएर टू सार्वजनिक गरिसकेको सामसुङले एन्ड्रोइडबाट चल्ने गियर लाइभको आकार पनि गिएर टू जस्तै हुने बताएको छ । तर यसको नयाँ स्मार्टफोनको फरक विशेषता भने यो सामसुङका मात्र नभएर अन्य सबै एन्ड्रोइड स्मार्टफोनसँग काम गर्नेछ ।
२ सय डलर अन्तराष्ट्रिय मूल्य तोकिने गिएर लाइभ गुगलले छिट्टै उपलब्ध गराउँदैछ । यसका विशेषता निम्न रहनेछन्ः
· यसले टेक्स्ट म्यासेज तथा फोन कलको नोटिफिकेसन देखाउनेछ ।
· घडीको फित्तालाई आफ्नो रुचीमा ढाल्न सकिनेछ
· यसमा विशेष एप पेडोमिटर पनि हुनेछ जसले तपाइँलाई दूरीको सूचना दिनेछ
· यो साधारण घडीभन्दा केही बाक्लो र गह्रौँ हुनेछ
· एक पटक चार्ज गरेपछि पूरै एक दिन टिक्ने दाबी सामसुङको छ
· यो स्मार्ट घडीले प्रयोगकर्ताको मुटुको धड्कनको दर समेत अनुगमन गरिरहनेछ
· यसको स्क्रिन सानो स्मार्टफोनको जस्तो सुन्दर छ
· विभिन्न सूचना तथा अपडेटहरु डिस्प्ले गर्ने भर्चुअल कार्ड यस स्मार्ट घडीमा प्रयोग गरिएको छ
· स्त्रिmनलाई विभिन्न आकारको घडीमा परिवर्तन गर्न सकिनेछ
प्रतिक्रिया 4