+
+
Shares

बाथरोग विशेषज्ञ डा. खत्री ‘एप्लार–ईयूलार एक्सचेन्ज प्रोग्राम–२०२६’ मा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं मेडिकल कलेजका बाथरोग विशेषज्ञ डा. प्रविण खत्री एप्लार–ईयूलार एक्सचेन्ज प्रोग्राम–२०२६ मा छनोट भएका छन्।
  • डा. खत्रीले जुन ३ देखि ६ सम्म बेलायतको लन्डनमा हुने ईयूलार वार्षिक क्रग्रेस–२०२६ मा नि:शुल्क सहभागीता जनाउनेछन्।
  • उनी २ हजार युरो ट्राभल ग्रान्ट र १ हजार युरो अवलोकन भ्रमण पुरस्कार पाउनेछन् र नेपालमा अटोम्युन रोगसम्बन्धी अनुसन्धान प्रस्तुत गर्नेछन्।

९ जेठ, काठमाडौं । काठमाडौं मेडिकल कलेजका बाथरोग विशेषज्ञ डा. प्रविण खत्री प्रतिष्ठित ‘एप्लार–ईयूलार एक्सचेन्ज प्रोग्राम–२०२६’ (APLAR–EULAR Exchange Programme 2026) मा छनोट भएका छन् ।

एशिया प्यासिफिक लिग अफ एशोसियसन फर र्‍युमेटोलोजी (APLAR) तथा युरोपियन एलाइन्स अफ एशोसियसन फर र्‍युमेटोलोजी (EULAR) द्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा डा. खत्रीको आवेदन छनोट भएको हो ।

एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशबाट आवेदन परेका उम्मेदवारहरूमध्ये डा. प्रविण खत्री छनोट भएका हुन् ।

कार्यक्रम अन्तर्गत डा. खत्रीले आगामी जुन ३ देखि ६ तारिखसम्म बेलायतको लन्डनमा आयोजना हुने ईयूलार वार्षिक क्रग्रेस–२०२६ मा मा नि:शुल्क सहभागीता जनाउनेछन् ।

साथै उनले २ हजार युरोको ट्राभल ग्रान्ट तथा युरोपस्थित सेन्टर अफ एक्सलेन्स मा एक हप्ते अवलोकन भ्रमणका लागि थप १ हजार युरोबाट पुरस्कृत हुनेछन् ।

उक्त कार्यक्रम अवधिमा उनले नेपालमा अटोम्युन (autoimmune) रोगसम्बन्धी विभिन्न अनुसन्धान प्रस्तुत गर्नेछन् ।

डा. खत्री काठमाडौं मेडिकल कलेजमा कार्यरत बाथरोग विशेषज्ञ हुन् । उनी नेपालमा बाथरोग तथा क्लिनिकल इम्युनोलोजी सेवामा सक्रिय रूपमा संलग्न छन् ।

यस कार्यक्रममार्फत उनले युरोपका विशेषज्ञ केन्द्रहरूसँग अनुभव आदानप्रदान तथा आधुनिक उपचार प्रणालीबारे थप ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ।

यस कार्यक्रमलाई एसिया–प्रशान्त क्षेत्रका युवा बाथरोग विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर तथा एकेडेमिक कोलाब्रेसन प्रदान गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?