+
+
Shares

बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास

बारा १ का सांसद गणेश धिमालले स्वर्णकार समर्थक कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरेपनि पार्टीको निर्धारित कार्यक्रम भने सुरु भएको बताए ।

सुनिल गाउँले सुनिल गाउँले
२०८३ जेठ ९ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको बारा जिल्ला स्तरीय बैठक बिथोल्ने प्रयास भएको छ।
  • पार्टीले जिल्ला सभापति चन्दन स्वर्णकारलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।
  • स्वर्णकार समर्थकले सांसदहरू विरुद्ध नाराबाजी र हातपातको प्रयास गरेका थिए।

९ जेठ, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठक बिथोल्ने प्रयास भएको छ ।

जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरेका छन् ।

बारा १ का सांसद गणेश धिमालले स्वर्णकार समर्थक कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरेपनि पार्टीको निर्धारित कार्यक्रम भने सुरु भएको बताए ।

स्वर्णकारलाई पार्टीले निष्कासन गर्न नहुने माग राख्दै उनका समर्थकले बाराका सांसदहरूविरुद्ध नाराबाजी गरेका छन् । कार्यक्रमस्थलमा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि हातपातको प्रयास समेत गरिएपछि प्रहरीले सांसदहरूलाई कार्यक्रम स्थलबाट बाहिर निकालेको थियोे ।

कलैयाको करणराज होटलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरेर कार्यक्रम चलिरहेको छ ।

पार्टीबाट निष्काशनमा परेका स्वर्णकारले बारा जिल्लाका सांसदहरूले आफू निकट व्यक्तिहरुलाई मात्रै समेटेर जिल्ला समिति बनाउने प्रयास गरेपछि पार्टीका पुराना कार्यकर्ताले विरोध जनाएको प्रतिक्रिया दिएका छन् ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?