Comments Add Comment

महिला पुलिसले जामा लगाउन नपाउने

सामान्य युवतीले होइन जिम्मेवारी प्रहरी महिलाले नै उत्तेजना फैलाउने गरि निकै छोटो स्कर्ट लगाउन थालेपछि रुस सरकारलाई आपत् परेछ । महिला प्रहरीहरुको पहिरन छोटिँदै जाँदा समाजमा व्यवस्था कायम गर्नै हम्मेहम्मे पर्न थालेपछि रुस सरकारले महिला प्रहरीलाई स्कर्ट लगाउन नदिने निर्णय गरेको छ ।

police

रुसी गृह मन्त्रालयले अबदेखि महिला प्रहरीलाई स्कर्ट लगाउन नदिने तथा पुरुष प्रहरीले भने आफ्नो फौजी पोषाकलाई तोडफोड गरी भद्दा बनाउन नपाउने तथा पाइन्ट काटेर छोटो बनाउन नपाउने निर्णय गरेको छ ।

ऋबदेखि रुसी प्रहरीले पूरा फौजी पोषाक लगाउनुपर्नेछ र ड्युटीमा रहेको बेला अन्य कपडा मिसमास गरेर लगाउन पाइनेछैन । साथै मुज्जा परेका कपडा पनि लगाउन नपाइने आदेश गृह मन्त्रीले प्रहरीका सबै विभागलाई दिइसकेको बताइएको छ ।

अबदेखि रुसी प्रहरीमा पोषाक नियम कडाइका साथ पालना हुने र उल्लंघन गर्नेलाई कारवाही हुने चेतावनी गृहमन्त्रालयको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment