Comments Add Comment

मायुल नुयर

Manuel Neuer 1

ब्राजिल-विश्वकपमा जर्मनले दुई गोल मात्र खाएको छ र जर्मन पोष्ट मायुल नुयरले सम्हाल्दै आएका छन् । सन् २००९ मा डेब्यू गरेयता उनी जर्मन टिमका पहिलो रोजाइका गोलरक्षक हुन् । डेब्यू गरेको अर्को बर्ष नै उनले विश्वकपमा जर्मनको पोष्ट सम्हाल्ने जिम्मेवारी पाए ।

उनी पावरफूल सट र पेनाल्टी रोक्न मात्र माहिर छैनन्, बल डिस्ट्रीबयुसनमा पनि अब्बल मानिन्छन् । उनले राष्ट्रिय टिमको लागि ४७ क्याप जितिसकेका छन् । जर्मन क्लब वार्यन म्यूनिखबाट ब्यवसायिक फुटबल खेलिरेहका उनले क्लबबाट च्याम्पीयन्स लिग,२ पटक बुन्डेसलिगा तथा एक पटक क्लब वर्ल् कपको उपाधि जितेका छन् ।

२०११-१२ को सिजनमा वार्यनले फाइनलसम्मको यात्रा तय गर्दा उनले रोनाल्डो, काका जस्ता खेलाडीको पेनाल्टी पनि रोकेका थिए । उनी बेस्ट बुन्डेसलिगा गोलकिपर अफ दी इयर २००७ का बिजेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment