Comments Add Comment

अशिष्माको ‘कोका-कोला’ फिगर जनयुद्ध दिवसमा

ashisma-nakarmi

फाल्गुन १ गते एकिकृत नेकपा माओवादी र नेकपा माओवादीले जनयुद्ध दिवस मनाउनेछन् । तर सोही दिन नेपाली सिनेमाका दर्शकले भने नायिका अशिष्मा नकर्मीको ‘कोका-कोला’ फिगर हेर्न पाउँनेछन् ।

संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेको चलचित्र ‘अधकट्टी’ फाल्गुन १ गते प्रदर्शनमा आउने पक्का भएको छ । निर्माता तथा वितरक प्रदिप उदयले यो कुराको पुष्टी गरे । चलचित्र प्रदर्शनमा आएको साता नै शिवरात्री, प्रजातन्त्र दिवस जस्ता बिदा परेकाले पनि ‘अधकट्टी’लाई फाइदा हुने देखिन्छ ।

चलचित्रको वितरण एफडी कम्पनीले गर्नेछ । कमेडी जनराको चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, गजित बिष्ट, नम्रता श्रेष्ठ, प्रदिप बाँस्तोलाले अभिनय गरेका छन् । चलचित्रमा हरी लामाको छायांकन, रोशन श्रेष्ठको एक्सन, राजन इशानको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको नृत्य छ ।

चलचित्रमा नायिका अशिष्मा नकर्मीले नृत्य गरेको ‘कोका-कोल फिगर’ र नम्रता श्रेष्ठले नृत्य गरेको ‘हे नम्रता’ बोलको गीत चर्चित बन्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment