+
+
Shares

प्रिमियरमा ‘कागजपत्र’लाई कसले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ८ गते ११:३३

आजबाट रिलिज भएको चलचित्र ‘कागजपत्र’को प्रिमियर बिहिबार बेलुकी काठमाण्डौको क्यूज हलमा आयोजना गरिएको छ । चलचित्रको प्रिमियरमा चलचित्रका मुख्य कलाकार, पत्रकार र कर्पोरेट क्षेत्रका मानिसहरुको उपस्थित थियो ।
चलचित्र ‘कागजपत्र’लाई अपिल बिष्टले निर्देशन गरेका हुन् । चलचित्रमा भोला सापकोटा, सरिता गिरी, नाजिर हुसेन, शिल्पा मास्के लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र हेर्न पुगेकी नायिका बर्षा सिवाकोटीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिइन् । यस्तै, नायक गौरव पहारी, दयाहाङ राइले पनि चलचित्रको कथावस्तुलाई मन पराएका थिए । यस्तै, नायिका शिल्पा मास्केका बाबु–आमाले अहिलेको यूगमा चलचित्रमा देखाइएका दृश्य र संवाद पचाउन सक्नुपर्ने प्रतिक्रिया दिए ।

चलचित्रले अष्ट्रेलिया जानका लागि हुने नक्कली बिहे र त्यसका लागि तयार पार्नुपर्ने कागजपत्रको कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?