Comments Add Comment

श्रीकृष्ण-स्वेता, अनुप-दियाको बिहे आज

shree-sweta-anup-diya

बर्ष २०७१ नेपाली सिनेमाका लागि व्यापार भन्दा पनि बिहेमा अगाडि देखिने भएको छ । नायक राजेश हमालदेखि आर्यन सिग्देल, मिथिला शर्मा, ऋचा सिंह ठकुरीले यसै बर्ष बिहे गरिसकेका छन् ।

यसैबिच आज नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकारहरुको बिहे हुँदैछ । आज ४० काटिसकेका नायक श्रीकृष्ण श्रेष्ठले नायिका स्वेता खड्कासँग बिहे गर्दैछन् । उनीहरुको बिबाह गौशालामा हुँदैछ । १ महिनाअघि मात्र बिहे गर्ने घोषणा गरेको यो जोडीले छोटो प्रेमलाई बिबाहमा परिणत गर्न लागेको हो ।diya-and-anup

यस्तै नेपाली सिने क्षेत्रका अर्का चर्चित जोडी अनुप बराल र दिया मास्के पनि आज बिबाह बन्धनमा बाँधिदैछन् । अनुप र दियाले आफ्नो ६ बर्ष लामो प्रेमलाई बिहेमा परिणत गर्न लागेका हुन् । दुई जोडलाई अनलाइनखबरको तर्फबाट हार्दिक बधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment