Comments Add Comment

जाजरकोटका शिक्षकले तलब पाएनन्

२४ असार, जाजरकोट । शिक्षा विभागबाट तलब भत्ता नआएपछि जाजरकोटका पिसिएफ र आधारभूत तहका शिक्षकहरु तलब नपाएर मर्कामा परेका छन् । जिल्ला शिक्षा कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार पिसिएफ शिक्षकको पूरै रकम ३२ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै आधारभूत तहको ३४ लाख, मावि तहको १९ लाख र भौतिक पूर्वाधारको तीन करोड रुपैयाँ तलब भत्ता शिक्षा विभागबाट नआउँदा समस्या उत्पन्न भएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत पहलमान अधिकारीले बताए ।

दरबन्दीका शिक्षकले मात्र अहिले तलब बुझ्न पाएको कार्यालयले बताएको छ । अन्य शिक्षकको तेस्रो चौमासिक पूरै बाँकी रहेको छ । जिल्लामा चालु तेस्रो चौमासिकभित्र निर्माण गरिएका २ सय १४ वटा भौतिक संरचनाको पनि विभागबाट पैसा नआउँदा जिल्ला शिक्षा कार्यालयले झुक्तानी दिन पाएको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment