Comments Add Comment

ब्राजिलको लज्जास्पद हारपछि साबेलाले भने- फुटबल तर्कविहीन छ

Alejandro-Sabella

विश्वकपको सेमिफाइनलमा ब्राजिल जर्मनीसँग व्यहोरेको लज्जास्पद हारपछि अर्जेन्टिनाका प्रशिक्षक सेबेलालेे भने ‘फुटबल तर्कविहीन हो ।’

नेदरल्याण्डसँग खेल्नुअघि अर्जेन्टिनी टोलीका सदस्यहरुले बुधबार बिहान भएको ब्राजिल र जर्मनीबीचको खेल टेलिभिजनमा हेरेका थिए । लिओनल मेस्सीको अर्जेन्टिना र आर्जेन रोबिनको नेल्यारल्याण्डको खेल बिहीबार विहान १:४५ बजे हुनेछ ।

२४ वर्षपछि अजेृन्टिनालाई सेमिफाइनलसम्म पुर्‍याएका प्रशिक्षक सेबेलाले भनेका छन्-‘रिजल्ट समान्य होइन …. तर, फुटबलमा यस्तो अपेक्षा गर्नुपर्छ । यो फुटबल हो । यो खेलको सबैभन्दा तर्कहीन हो ।’

साबेलाले नेदरल्याण्डविरुद्धको उत्रने टोलीको टुङ्गो नलगाएको बताए । तर, एन्जल डी मारियाको स्थानमा एन्जो पेरेस मैदान उत्रनसक्नेछन् । साबेलाले भने-‘मलाई लाग्छ यो टोलीले यसअघि पनि जिकिसकेको छ । हेरौं, हामीले अझै जित्यौं भने मलाई गर्व लाग्छ ।’

म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जिओ एग्युरो पनि फिट छन् । तर, उनलाई बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गराउने सम्भावना छ । रक्षक रोजो पनि अर्जेन्टिनी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment