विश्वकपको उपाधि जितेपछि जर्मन समर्थकहरु ठूलो खुसीमा छन् । तर, गायिका रिहानाले बढी नै खुसी देखिएकी छन् ।
अमेरिकी पपस्टार रिहाना जर्मनी र अर्जेन्टिनाको फाइनल भिडन्त हेर्न माराकाना रंगशालामा पुगेकी थिइन् । जर्मनीले अर्जेन्टिनालाई १-० गोलअन्तरले पराजित गर्दै विश्व च्याम्पियन बनेपछि रिहानाले हजारौं दर्शकका अगाडि आफ्नो टिसर्ट उचालेर भित्रबस्त्र देखाएकी छिन् ।
यसअघि समूह चरणमा चिलीका एलेक्स सान्जेचले स्पेनविरुद्ध गोल गर्दा चिलीका पत्रकारले मिडिया बक्समै ब्रा देखाएकी थिइन् ।
रिहानाले विश्वकपको ट्रफी चुम्ने अबसर पनि पाएकी छिन् । फिफाको शिष्टाचार नियम अनुसार खेलाडी र विजेता देश प्रमुखले मात्र ट्रफी उचाल्न पाउँछन् । तर, जर्मनीका मिरोस्लाभ क्लोजसँगको तस्वीरमा रिहानाले वर्ल्डकप ट्रफी हातमा लिएकी छिन् भने रिहानाले ट्रफी हातमा लिएको समयमा लुकास पोडोलस्की र बाष्टियन स्वास्न्टाइगरले उनको गालामा किस गरेको तस्वीर पनि सार्वजनिक भएको छ ।
उसो त जर्मन खेलाडीहरूका पत्नी र प्रेमिकाहरूले पनि विश्वकप ट्रफी उचाल्ने अबसर पाएका छन् । उनीहरूले पति एवं प्रेमीसँग ट्रफीका साथ तस्वीर खिचाएका छन् ।