Comments Add Comment

अफगानिस्तानमा आत्मघाती विस्फोट, ८९ को मृत्यु

३१ असार, काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त पकटिकाको व्यस्त बजारमा भएको विस्फोटमा ८९ जनाको मृत्यु भएको छ । ३० भन्दाबढी घाइते भएको अधिकारीहरुले बताएका छन् ।

प्रहरीले पछ्याइरहेका एक व्यक्तिले आफ्नो कारमा आत्मघाती विस्फोट गराएको बताइएको छ । पकटिकाको क्षेत्र पाकिस्तानको सीमासँग जोडिएको र एक कबायली इलाका हो ।

विस्फोट एक बजारमा भएको थियो, जहाँ रमजान महिनाको किनमेलका लागि मानिसहरुको चहल पहल थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment