Comments Add Comment

केपीलाई माधवको सुझाव- छाति ठूलो बनाउनुपर्‍यो

Madhav nepal

१ साउन, काठमाडौं । नवौं महाधिवेशनमा अध्यक्षमा पराजित एमाले नेता माधवकुमार नेपालले पार्टीलाई एक बनाएर लैजान अध्यक्ष केपी ओलीले छाति ठूलो बनाउनुपर्ने बताएका छन् ।

पार्टी मुख्यालय बल्खुमा विहीबार आयोजित नवौं महाधिवेशन समापन समारोहमा बोल्दै नेता नेपालले अध्यक्ष ओलीसामू पार्टीलाई एक बनाएर लैजाने चुनौति रहेको उल्लेख गरे । ‘पार्टीलाई एक ढिक्का बनाउन म अध्यक्षलाई सहयोग गर्न तयार छु’, नेता नेपालले भने, ‘पार्टी एक बनाइराख्न अध्यक्षले छाति ठूलो बनाउन तयार हुनुपर्‍यो, शंकाबीच पार्टी हाँक्न अध्यक्षसामु धेरै चुनौति छन् ।’

अर्याल होटलमा कसले तोडफोड गर्‍यो ?

नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालय अर्याल होटलमा बुधबार साँझ भएको तोडफोडको पनि नेता नेपालले निन्दा गरे । एमालेका नवनिर्वाचित अध्यक्ष ओली र बरिष्ठ नेता झलनाथ खनालसमेत उपस्थित कार्यक्रममा अर्याल होटलमा युवा संघको नाममा भएको तोडफोडको नेता नेपालले भत्र्सना गरेका हुन् ।

‘अर्याल होटलमा भएको तोडफोडमा संलग्नहरुको एक-एक तस्वीर मेरो क्यामेरामा कैद छन’, नेता नेपालले भने, ‘तोडफोडमा संलग्न भनिएका माथि कारबाही हुनुपर्‍यो ।

पार्टीको एकता बलियो बनाऔं : झलनाथ

महाधिवेशन समापन कार्यक्रममा बोल्दै बरिष्ठ नेता झलनाथ खनालले आफू पार्टी एकताको पक्षमा रहेको बताए । बरिष्ठ नेता खनालले पार्टीलाई एकतावद्ध बनाएर लानुको विकल्प नभएको बताउँदै आफू त्यसैका लागि सक्रिय हुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment