Comments Add Comment

मंगलबारका छापामा मुख्य खबरहरु

राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले उपचारका लागि अमेरिका गएका प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्कने र थप उपचारका लागि एमालेका अध्यक्ष केपी ओली बैंकक जाने खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले महन्थ ठाकुरले गाडी किन्दा तमलोपामा विवाद भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । पदाधिकारीका छोराछोरी नियुक्तिपछि त्रिविमा तनाव भएको, संघीय व्यवस्थापिका दुई सदनात्मक हुने खबरलाई मुख्य रुपमा छापेको छ ।
अन्नपूर्ण पोस्टले माथिल्लो कर्णाली नदी १८ घन्टासम्म थुनिने खबरलाई प्राथमिकताका साथ छापेको छ । संविधानका ११ बुँदामा सहमति भएको, बेनी आक्रमणमा प्रयोग भएको राइफल यार्सा लुट्न प्रयोग भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले सेयर कारोबार अबै नाघेको खबरलाई प्राथमिकताका साथ छापेको छ । खुलमखुल्ला प्रतिवन्धित विषादी बिक्रीवितरण भएको, निर्बाध रुपमा अबैध क्रसर चलेको खबरलाई मुख्य रुपमा छापेको छ ।
राजधानी दैनिकले नेपाल भारत सम्बन्धमा नयाँ उचाइ भएको मोदीको सन्देश सुनाउन भारतीय राजदूत ओली निवास पुगेको खबरलाई प्राथमिकताका साथ छापेको छ । सरकारी कर्मचारीको तलबको विवरण र लुटिएको पाँच घन्टामै सबै रकम बरामद भएको खबरलाई मुख्य रुपमा छापेको छ ।

1-rajdhani

2-naya-patrika

3-karobar

4-nagarik

5-annpurna

6-samachar-patra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment