Comments Add Comment

‘ट्याब ३ टी १११’ खरिद गर्दा पाँच हजार क्यास ब्याक

samsung-galaxy-tab-3-T-111८ साउन, काठमाडौं । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले पुनः क्यास ब्याक योजनासहित ग्राहकसामु प्रस्तुत भएको छ । यस योजनामा सामसुङ ग्यालेक्सी ट्याब टी १११ खरिद गर्दा ५ हजार रुपैयाँ क्यास ब्याक पाइने छ ।

कम्पनीले पाँच हजार क्यास ब्याक दिएपछि २६ हजार ९ सय रुपैयाँ पर्ने ट्याब अब २१ हजार ९ सयमै पाइने भएको छ । यो योजना साउन ३१ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

सामसङका ट्याबहरुमध्ये सबैभन्दा किफायती मानिएको ग्यालेक्सी ट्याब टि १११ ७ इन्च ठूलो स्क्रिन, १.२ गीगाहर्ज प्रोसेसर, १ जीबी र्‍याम, एन्ड्रोइड ४.२.२ जेलिबीन अपरेटिङ सिष्टम रहेको छ । यसमा ब्लुटुथ, वाइफाइ, ३६०० एएमएचको ब्याट्रि लगायतका सुविधाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment